बिहार निर्वाचनः रुझानमा एक्जिट पोलको अनुमान मिलेन, यस्तो छ प्रारम्भिक अग्रता

डिसी नेपाल
२५ कार्तिक २०७७ १५:०९

भारतको बिहारमा आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमा मुख्यमन्त्री नितिश कुमारले पुनः अग्रता लिइरहेका छन् । यही अग्रता अन्तिमसम्म कायम रहेमा उनी मुख्यमन्त्रीमा दोहोरिन सक्छन् । तर, अहिलेसम्म २५ प्रतिशत मात्रै मतगणना भएको छ र कसैले पनि जितिसकेका छैनन् । सबै १४३ सिटमै गणना जारी रहेकोले जुनसुकै बेला पनि नतिजा उल्टिन सक्ने देखिन्छ ।

भारतीय मिडियाका अनुसार सय भन्दा धेरै सिटमा एनडीए र महागठबन्धनबीच कडा टक्कर छ र यहाँको मत अन्तर निकै कम छ । कम अन्तर भएकोले यी क्षेत्रमा जुनसुकै बेला नतिजाउल्टिन सक्ने स्थिति छ । अहिलेसम्मको प्रारम्भिक रुझानमा भने एनडीए अगाडि छ । एक्जिट पोलको अनुमान भने मिलेको छैन । एक्जिट पोलमा महागठबन्धनले बहुमत ल्याउने र तेजस्वी यादव मुख्यमन्त्री बन्ने देखिएको थियो ।

पछिल्लो जानकारीअनुसार एनजेडीले १२७ सिटमा अग्रता लिइरहेको छ भने महागठबन्धनले १०६ सिटमा अग्रता लिइरहेको छ । एलजेपीको २ सिटमा अग्रता छ र अन्यले ८ स्थानमा अग्रता लिइरहेका छन् । कूल २४३ सिट भएको बिहारमा बहुमत ल्याउन १२२ सिट चाहिन्छ । सबै २४३ क्षेत्रमै मतगणना सुरु भइसकेको छ र सबै ठाउँको प्रारम्भिक संख्या आइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *