यौनका लागि ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सले काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्

डिसी नेपाल
२५ कार्तिक २०७७ १५:४२

काठमाडौं। आफूलाई यौनका लागि ब्ल्याकमेल गर्ने आफ्ना सिनियर डाक्टरलाई एक नर्सले काटेर पकाइन् । त्यसपछि उनले पाकेको मासुलाई ट्वाइलेटमा हालेर फ्लश गरिदिइन् । घटना चीनको हो । द सनमा प्रकाशित रिपोर्टअनुसार ली फेनपिङ नामकी ती नर्सलाई डाक्टरले लगातार ब्ल्याकमेल गरेपछि रिसमा उनले यस्तो गरेकी थिइन् ।

ली फेनपिङलाई यो अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियाका अनुसार २५ वर्षकी ली आकस्मिक विभागमा खटिएकी थिइन् । उनको सोही अस्पतालको अर्थोपेडिक्स विभागका उपप्रमुख डा. लू युआनजेनसँग यौन सम्बन्ध थियो । नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो र उनले जुवामा थुप्रै पैसा हारेकी थिइन् । उनले जुवा खेल्नको लागि आफ्ना सहकर्मी डाक्टर युआनजेनसँग पैसा सापटी लिएकी थिइन् ।

लीले ती डाक्टरसँग यौन सम्बन्ध राखेर आफूले लिएको पैसा किस्तामा तिरिरहेकी थिइन् । पैसा तिर्नको लागि उनले डाक्टरसँग हप्तामा ३ पटकसम्म यौन सम्बनध राख्नुपरेको थियो । उनले तिर्नुपर्ने पैसा धेरै भएकोले डाक्टरले उनलाई यौन सम्बन्धको लागि ब्ल्याकमेल गर्न थालेका थिए । डाक्टरले लगातार यौन सम्बन्धका लागि दबाब दिइरहने र ब्ल्याकमेल गर्न थालेपछि फेनपिंग निकै तनावमा परेकी थिइन् ।

डाक्टरको मागबाट दिक्क भएकी फेनपिंगले डाक्टरलाई आफ्नो घरमा बोलाएर मारिदिइन् र उनको शरीरका केही अंगहरु काटेर पकाइन् । पुलिसका अनुसार उनले डाक्टरको शरीरका पकाएको भाग ट्वाइलेटमा फ्लश गरिदिएकी थिइन् । पुलिसले उनको भाडाको घरबाट डाक्टरको शरीरको बाँकी क्षतिग्रस्त भाग बरामद गरेको थियो ।

फेनपिंग दक्षिण पूर्वी चीनको युलिन शहरमा रहेको युलिन पिपुल अस्पतालमा कार्यरत थिइन् र उनी अस्पतालको पछाडिपट्टि भाडाको घरमा बस्थिन् । स्थानीय मिडिया रिपोर्टका अनुसार फेनपिंगलाई यो नृशंस अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । यसका अलावा उनीमाथि १ लाख युआन (१८ लाख नेपाली रुपैयाँ) जरिवाना पनि लगाइएको छ । गएको मार्चमा भएको अपराधको सजाय अहिले सुनाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *