विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन एनआरएनएको माग

डिसी नेपाल
२५ कार्तिक २०७७ १६:२१
92
Shares

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न सरकारसँग माग गरेको छ।

सोमबार संघको तर्फबाट उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेट गरेर यस्तो माग गरेका हुन्।

छलफलमा केसीले विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराएका थिए।

कोभिड १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरेका थिए।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह समेत गरेका थिए।

यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *