बिहारमा नितिश फेरि मुख्यमन्त्री बन्ने तर पहिलेभन्दा कमजोर भए

डिसी नेपाल
२६ कार्तिक २०७७ ९:४२

काठमाडौं। नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा नितिश कुमार पुनः मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको गठबन्धनले १२५ सिट जितेको छ । बिहारमा १२२ सिटले बहुमत पुग्छ । विपक्षी महागठबन्धन ११० सिटमा सीमित भएको छ ।

एग्जिट पोलको अनुमान उल्ट्याउँदै नितिशले फेरि मुख्यमन्त्री बन्नको लागि स्पष्ट बहुमत पाए पनि राज्यमा उनी कमजोर भएका छन् । उनको गठबन्धनले स्पष्ट बहुमत त पाएको छ तर उनको पार्टीको सिट भने घटेको छ । उनको गठबन्धनका अन्य दलले सिट बढाएका छन् । बिहारमा यसअघि नितिशको जनता दल युनाइटेडको सिट गठबन्धनको अर्को घटक भाजपाको भन्दा धेरै हुन्थ्यो । तर, यसपटक जेडियुको भन्दा भाजपाको सिट बढी भएको छ । जेडियु तेस्रो पार्टी बनेको छ । सबैभन्दा ठूलो दल भने तेजस्वी यादवको पार्टी आरजेडी भएको छ । उसले ७५ सिट जितेको छ । कांग्रेसले १९ सिट जितेको छ । कम्युनिस्ट पार्टीहरुले १६ सिट जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *