डोनाल्ड ट्रम्पले कोरोना भ्याक्सिन विकासकर्ता र एफडिएमाथि आफूलाई हराएको आरोप लगाए

डिसी नेपाल
२६ कार्तिक २०७७ १४:१२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधि कम्पनी फाइजर र अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनमाथि आफूलाई निर्वाचनमा हराउन भूमिका खेलेको आरोप लगाएका छन् । फाइजरले कोरोनाभाइरसविरुद्ध भ्याक्सिन विकास गरिरहेको छ र उसको भ्याक्सिनले निकै प्रभावकारी नतिजा दिएको बताइएको छ ।

ड्रम्पले एफडिए र फाइजरले जानीजानी चुनाबअघि भ्याक्सिनको सफलताको घोषणा नगरेको आरोप लगाएका छन् । चुनावअघि भ्याक्सिनको सफलताको घोषणा भएको भए त्यसले आफ्नो जीत हुन सक्ने ट्रम्पले दावी गरेका छन् । ट्रम्पले लेखेका छन् ‘एफडिए र डेमोक्रेटहरुले चुनाबभन्दा अगाडि मलाई भ्याक्सिनको श्रेय दिन चाहँदैनथे किनकि यसबाट चुनाबमा मेरो जीत हुन सक्थ्यो । खास कुरा यो हो कि भ्याक्सिनको घोषणा चुनाबको ५ दिनपछि गरियो ।’

ट्रम्पले जो बाइडेन राष्ट्रपति भएको भए अझै ४ वर्षसम्म भ्याक्सिन उपलब्ध नहुने र एफडिएले पनि त्यसलाई तुरुन्त स्वीकृति नदिने समेत आरोप लगाए । यसअघि फाइजरले भ्याक्सिनको प्रारम्भिक विश्लेषणबाट यो कोरोना संक्रमण रोक्न ९० प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरेको थियो । उता निर्वाचित राष्ट्रपति जो बाइडेनले भ्याक्सिन विकास गर्ने वैज्ञानिकहरुलाई बधाइ दिँदै कोरोनाको अन्त्य हुन केही समय लाग्ने कुरा भने बुझ्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *