बहराइनका प्रधानमन्त्रीको निधन

डिसी नेपाल
२६ कार्तिक २०७७ १५:१३

काठमाडौं। बहराइनका बहालवाला प्रधानमन्त्रीको निधन भएको छ । देशको इतिहासमै सबैभन्दा लामो कार्यकाल काम गरेका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको बहराइनको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

बहराइन न्यूज एजेन्सीका अनुसार उनको आज बिहान अमेरिकाको मायो क्लिनिक अस्पतालमा निधन भएको हो । एजेन्सीले निधनको जानकारी दिएपनि यसबारे विस्तारमा केही बताएको छैन । खाडी देश बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले एक हप्तासम्म आधिकारिक शोकको घोषणा गरेका छन् । यो अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

एजेन्सीका अनुसार उनको शव आइसकेपछि आधिकारिक रुपमा अन्तिम संस्कारको कार्यक्रम हुनेछ । अन्तिम संस्कारका सीमित संख्यामा आफन्तहरु मात्र सहभागी हुने बताइएको छ । खलिफा बिन सलमान अल खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल भएका प्रधानमन्त्रीमध्ये एक हुन् । उनले देशको सरकारलाई दशकौंसम्म नेतृत्व गरेका छन् । २०११ मा भ्रष्टाचारको आरोपसहित उनलाई हटाउन माग गर्दै भएको प्रदर्शनपछि पनि उनी पदमा बहाल रहन सफल रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *