बलिउड अभिनेता असिफ बसराले गरे आत्महत्या
नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आसिफ बिहीबार दिउँसो हिमाचल प्रदेशस्थित आफ्नो भाडाको घरमा मृत फेला परेका थिए।
हिमाचलको काँगडामा उनी भाडाको घरमा बस्दै आएको र सोही घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हिमाचल प्रहरीले उनले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।
अभिनेता आसिफले भारतीय चलिचित्र उद्योगका सबै ठूला अभिनेताहरुसँग फिल्ममा काम गरेका थिए। उनी सानो पर्दा र ठूलो पर्दा दुबैमा चर्चित थिए।
यो वर्ष बलिउडका धेरै हस्तीहरुले संसार छाडेका छन्। त्यसमा पछिल्लो नाम आसिफको थपिएको छ। यो वर्ष ऋषि कपूर, इरफान खान, सुशान्तसिंह राजपूलगायत अभिनेताहरुले संसार त्यागेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment