बैतडीमा बस दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु, ४३ घाइते

डिसी नेपाल
२८ कार्तिक २०७७ ०:३७
224
Shares

काठमाडौं। बैतडीमा भयानक बस दुर्घटना भएको छ। बैतडी प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोपडे भन्ने स्थानमा बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीले ८ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुनेमा १ महिला र ७ जना पुरुष छन्।

दार्चुलाको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको हो। प्रहरीले घटनामा घाइते भएका ४३ जनालाई डडेल्धुरा अस्पतालमा उपचार लागि लगिएको जनाएको छ।

प्रहरीले रातिको समयमा बस साँघुरो मोडमा दुर्घटनाग्रस्त भएको जनाएको छ। सो बस दुर्घटनापछिको उद्धार कार्यको लाइभ भिडियो सामाजिक सञ्जालमासमेत प्रशारण गरिएको थियो। निकै अँध्यारो भएकाले उद्धारमा समेत कठिनाई भएको लाइभ भिडियोमा देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *