बाख्राको मासु बिक्रि गर्ने मासु पसलेलाई कारवाही

डिसी नेपाल
२८ कार्तिक २०७७ २२:५५
200
Shares

नेपालगन्ज । नेपालगन्जको थ्री स्टार मासु पसललाई रु ५० हजार जरीवानासहित कारवाही गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले आज बजार अनुगमनका क्रममा सो मासु पसलले बाख्राको मासु बिक्रि गरिरहेको भेटाएको थियो ।

सो मासु पसल बिना अनुमती सञ्चालन गरिएकाले बन्दसमेत गराइएको छ । पसलबाट खान अयोग्य ४४ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चार वटा बाख्र समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बजार अनुगमनका क्रममा फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *