डि फर डबी (कथा)

डिसी नेपाल
२९ कार्तिक २०७७ १०:५७

आफ्नो प्राथमिकतालाई जनावरसंग कसरी तुलना गर्न सक्छिन उनी ? हुन त मेरो लागि डबी पाल्तु जनावर होइन तर उनको मानसिकतामा त उ केवल जनावर न त थियो । तर पनि किन ?

म टोलाउछु, काम गर्ने मन नै छैन । मैले आज पहिलो पल्ट डबिको फोटो आफ्नो वालपेपरबाट हटाए र शुभेक्ष्याको फोटो राखे । माफी मागु जस्तो लाग्यो । म पनि एउटा पाल्तु जनावरको लागि यो हद सम्म जान सक्छु, खै गल्ती कसको हो ? मेरो कि उनको ? कि डबि को ? गल्ती उसकै हो । म त किन माफी माग्नु ? म झुक्ने वाला छैन । डबि त आखिर जनावर न त हो ।

एउटा बिदेशी नागरिकले पहिलो चोटी भर्खर २४ दिन भएको डबिलाई मेरो काखमा राख्दै भनेको कुरा याद आउछ, “रबि, म तिमीलाई अनौठो उपहार दिदै छु । मैले तिम्रा मोबाइलका वालपेपर देखि तिम्रा साना साना कुराहरुलाई राम्रो संग निंगालेको छु । तिमी साचै राम्रो पेट लभर हौ । यसको नाम डबि हो । यो तिमीलाई दिदै छु । मलाई थाहा छ आजबाट यो तिम्रो असल साथी बन्ने छ ।”

त्यस पछिबाट डबि मसंगै खान्छ, म संगै सुत्छ । मेरा हरेक दुख सुखको साथी बनेको छ । डबि एकदम असल छ । मैले मेरो पुरा कथामा कुकुर भन्ने शब्दलाई नै कम पयोग गर्ने प्रयास गर्दैछु किनकि डबि कुकुर मात्र होइन उ मेरो साथी हो जो मान्छे भन्दा बुध्दिगम्य छ । तीक्ष्ण, तीब्र र बवाफदार पनि !

म खुसि हुदा उसको ब्यवहार र म दुखि हुदा उसको व्यवहार फरक हुन्छन । मैले देखेको छु डबि रुन्छ पनि ! खुसि हुदा उसको पुच्छर र उसको व्यहार फरक हुन्छन ।

मैले उ सानै हुदा देखि नै खोज र अनुसन्धान गरि उसलाई भलादमी हुन आवश्यक तालिमहरु दिएको छु ।

मेरा आफ्ना कोहि पनि साथीहरु छैनन् । मेरो साथी भन्नु डबि मात्र हो । म डबिलाई मान्छेहरु भन्दा बढी प्राथमिकता दिन्छु । सायद त्यहि प्राथमिकताले गर्दा मेरा सम्बन्धमा समस्याहरु सृजना भएका हुन ।

हुन त डबिकै कारणले शुभेक्ष्या र मेरो सम्बन्ध स्थापित भएका हो । यो यथार्थलाई हामीले बदल्न सक्दैनौ ।

एक दिन म मेरो डबिलाई लिएर बाहिर निस्किएको थिए, एउटा रेष्टुरेन्टमा चिसो समाउदै गर्दा मेरो हातबाट डबि फुत्किएर अलि पर पुग्यो । एउटा सुन्दर अनुहारले उसलाई “वाउ ! कति राम्रो कुकुर !” भन्दै सुम्सुमाउदै गरेको देखे ! म टाढा नै बसेर हेरिरहे । उसले मेरो डबिलाई सुम्सुम्याउदै गर्दा डबि आनन्द मानेर लुट्पुटिन थाल्यो । आफुले खादै गरेको केक डबिको मुखमा दिदै गर्दा डबि भने केक संग जिस्कदै र चल्दै थियो । मैले ठुलो आवाज दिएर “डबि !” भनेर बोलाएर । बफादार बनेर डबि मेरो नजिक आयो, डबिसंगै उ पनि मेरो नजिक नै आई !

“तपाईको कुकुर हो ? कति राम्रो ! लोयल !” उ अझै नजिक आएर कुकुरसंगै चल्न थालि ! म चुपचाप रहे । उ सुन्दर थिई । मेरो डबि भन्दा पनि सुन्दर ! हेर्दै चन्चल स्वभाव कि, पातली र सुन्दर ! उ अनेक प्रकारले मेरो डबिसंग खेल्दै र रमाउदै थिई ।

मैले केहि क्षेण पछि जिस्कने भावमा उसलाई भने, “मन पर्यो हो ? लिएर जाने भए लिएर जादा हुन्छ है, मात्र एउटा सर्त, यसको मालिकलाई संगै पनि लिएर जानु पर्छ !”

उसले पनि जिस्कदै भनि “यसको लागि मेरो घरमा छुट्टै बस्ने ठाउ छ, यसको मालिक पनि त्यहि adjust गर्न सकिन्छ भने त It’s not a big deal, दुवैलाई लिएर जाउला । तर खासमा मलाई कुकुर मात्र मन परेको हो मालिक होइन । हाहा !”

“यसको नाम डबि हो । कुकुर होइन ।” अरु कुरा भन्दा पनि डबिलाई बारम्बार कुकुर भनेको मन परेन ।

“नाम थाहा नपाएर हो । I’m sorry, नाम थाहा नपाए सम्म त जे हो त्यो भन्नु पर्यो नि होइन र ? अनि, कुकुरको नाम त डबि, मान्छेको नाम चाहि के हो नि ? फेरि हजुरलाई नि मान्छे भन्दिम्ला र झन् रिस उठ्ला !”

“मेरो नाम रबि !”

उसले हास्दै भनि “वाउ, कति मिलेको नाम, डबि र रबि ! नाम मात्र हो नि ? अरु गुणहरु त मिल्दैन नि ?”

मैले केहि गिल्ला पाए जस्तो महसुश गरे । म चुपचाप रहे । उसले आफुले प्याच्च बोलेको बोली र हाँसोलाई नियन्त्रण गरि । “I’m sorry, मेरो आसय गलत थिएन । तपाई रमाइलो मान्छे जस्तो लाग्यो त्यहि भएर जोक गरेको” उसले भन्दै गर्दा डबिलाई आफु तिर ताने र उसलाई भने, “ मेरो खासमा पुरा नाम रबिन्द्र हो तर यसको र मेरो धेरै गुणहरु मिल्छन । यो म बिना बाच्न सक्दैन र म यो बिना बाच्न सक्दिन । त्यो भन्दा बढि मिल्दो गुण अरु के चाहियो ?”

“वाउ, By the way म सुभेक्ष्या ! म यहि नजिक बस्छु । मेरो नि एउटा कुकुर थियो तर मर्यो । मलाई कुकुर मन पर्छ । कसैको कुकुर देख्यो भने मेरो फुच्चेको याद आउछ तर मेरो त अर्कै टाइपको कुकुर थियो तपाईको जस्तो जर्मन सेपर होइन ।”

हाम्रा कुकुरका बारेमा अरु नै धेरै कुराहरु भए । त्यस पछाडि मैले सधै जसो उसलाई त्यहि वरपर देख्न थाले ।

धेरै समय पछि मैले उसलाई एकदिन घरमा बिहानीको खाना खानको लागि निम्तो गरे । खासमा मैले एउटा साधारण फर्मालेटि मात्र पुरा गरे जस्तो गरेर बोलाएको थिए तर संकोच नै नमानि उ मेरो घरमा खाना खान आउन तैयार भई । त्यस दिन उसको र मेरो धेरै कुराहरु भए ।

उ साथीकोमा केहि दिन साथ बस्न मात्र आएकि रैछ । उसको वास्तविक घर जोरपाटी । बिदेश जाने तैयारी गर्दै गरेकी उसले मलाई “तपाईको कुनै गर्लफ्रेन्ड छ कि छैन ?” भनेर सोधी । यो प्रश्नको जवाफमा मैले आटहरु संगाल्दै उसलाई भने, “मेरो अझ सम्म कोहि गर्लफ्रेन्ड छैन, कसैले सोध्यो भने ‘नो, छैन’ भन्दै आएको छु । तर सिधा कुरा, तिमी मलाई मन पर्न थालेको छौ । अब कसैले सोध्यो भने ‘एस, छ’ भन्दिन्छु ।”

उसले हास्दै भनि, “अनि मलाई चाहि मन पर्नु पर्दैन ? तपाईले मात्र मन पराएर हुन्छ ? तै पनि तपाईलाई मान्छे नि मन पर्छ र ? कुकुर बिना पो बाच्न सक्दिन भनेको होइन र ?”

मैले अलि ठाडो भएर भने, “के भन्न खोजेको ? म मन पर्दैन भन्न खोजेको ? सोच न, कुकुरलाई त यति धेरै माया गर्छु भने मान्छेलाई त झन् कति गर्छु होला ?”

मैले सम्हालिदै उसलाई गम्भीरतासाथ भने, “साचै, तिमी मलाई रामो लाग्छ । तिमी मेरो जीवनको पहिलो केटि मान्छे हौ जसलाई मैले यी सब भनिरहेको छु ।”

हरेक सम्बन्धको सुरुवात यस्तै बाट हुन्छ होला, मन मिले पछि सबै कुराहरु छाँयामा र पछि पर्छन । उसको बिदेश जाने कुराहरु केहि मिलेनन् यहि तनावमा रहेको बेला मैले उ संग बिवाहको कुरा गरे ।

त्यसको केहि समय पछि हाम्रो बिवाह भयो । बिवाह भए संगै केहि परिवर्तन पनि ।

म संगै सुत्ने डबि एक्लै सुत्न लाग्यो । मसंगै खाने डबि एक्लै खाने भयो । मैले चाहदा चाहदै पनि उसलाई आफु संग त्यति धेरै नजिकतामा राख्न सकिन । उसलाई डबि त मन पर्छ तर मेरो हद सम्म उसले डबिलाई स्वीकार्न सक्दिन । उसको विचारमा डबि जनावर हो र उसको बस्ने ठाउ छुट्टै हुनु पर्छ । डबि बस्ने खोर तैयार भयो । घरमा हुदा डबिलाई कहिले पनि सिक्रीले नबाध्ने म, बिवाह पछि शुभेक्ष्याले उसलाई बाधेर राख्न थाली । मैले बिरोध गरे पनि उसका तर्कहरुका अगाडि म जवाफबिहिन हुन्थ्ये । तर कहिले काही फुत्केर वा भागेर डबि मेरो बेडमा नै आएर लुटुपुटिन्थ्यो जो सुभेक्ष्यालाई मन पर्ने थिएन ।

एक दिन डबिले काम बिगारे छ । शुभेक्ष्याले सुकाएको लुगा मुखेले तानेर भुइँमा लतपताइ दिएछ र फोहोर गरिदिएछ । अनावाश्यक ठाउमा पिसाब गरिदिएकोले उसले डबिलाई लौरीले बेस्सरी पिटिछ । मैले थाहा पाए । मलाई यो पाली धेरै नराम्रो लाग्यो । मैले उसलाई गाली गरे । डबिले के कुरा बुझ्छ र उसलाई पिट्नु ? मैले रिसमा उसलाई धेरै गाली गरे । उसले ठुलो स्वरमा भनि, “तपाई मेरो भन्दा तपाईको कुकुरको वास्ता गर्नु हुन्छ । अफिस पुग्ने बितिक्कै मेरो वास्ता छैन, मैले खाए खाएन मतलब छैन, डबिले खाना खायो ? भनेर सोध्नु हुन्छ .”

मैले उसलाई भने, “तिमी आफै पस्केर खान सक्छौ तर डबिले सक्छ र ? उसलाई त कसैले छुट्याएर दिनु पर्छ नि होइन र ? हामी सबै प्रकारका काम गर्न सक्ने र आफुले आफुलाई र आफ्नो लागि गर्न सक्ने मान्छे हौ तर यो त होइन नि ? कि हो र ?”

मैले प्याच भने “यो घरमा डबि परिवारको सदस्य जस्तो हो तिमी भन्दा अगाडि देखि !” उसलाई यो कुराले धेरै चित्त दुखेछ ।

त्यस दिन डबिलाई लिएर ठुलो विवाद भयो । अन्तमा उसले घर छाडेर जाने निर्णय गरि । शुभेक्ष्याले एउटा कुकुरको निउमा यतिका धेरै रडाको मचाउन सक्छे भने, उसको इच्छा गरोस । मैले उसलाई रोकिन । त्यो मेरो गल्ती थियो । सायद उसको मनसाय मैले रोक्छ भन्ने थियो होला तर मैले डबिलाई पिटेको भन्ने कुरामा उसलाई माफ गर्न सकिन ।

साझ को प्रहर, घरमा बत्ती बलेको छ तर मेरो जीवन अन्धकार बनाएर उ गई । म चुपचाप टोलाएर बसे । केहि खान मन लागेन । डबिलाई केहि खाने कुरा दिए उसले पनि खाएन । मैले उसलाई बाधेको सिक्री खोलिदिए । मेरो काखमा आएर लुटुपुटिएर बस्यो तर केहि खाएन ।

म त्यहि खोर छेउ कति बेरमा निदाए थाहा नै पाईन । बिहान आँखा खुल्दा मेरो काखमा लुटुपुटिएको डबि वरपर थिएन । मैले सबै ठाउमा खोजी गरे तर रात भर मेरो काख मै भएको डबि थिएन ।

अघिल्लो साझ सुभेक्ष्याले छाडेर गई भोलिपल्ट बिहान डबिले !

मैले डबिको खोजी गरे । वरपर, चिनेजानेकोमा, बाटोमा, पसलमा, चोकमा, गल्लीमा, चौरमा, तर डबिलाई कहिँ पनि भेट्टाउन सकिन ।
शुभेक्ष्या बिना सुन्य लागेको घर झन डबि बिना रित्तो र खाली लागिरहेको थियो । मलाई दुवैको यादले सताए । कहिले कतै शुभेक्ष्याले ‘रबि’ भनेर बोलाएको झझल्को लाग्छ त कहिले मलाई देखेर डबि पुच्छर हल्लाउदै घुकिरहेको जस्तो लाग्छ ।

मैले अब डबिको माया मरिसकेको थिए तर शुभेक्ष्या के भएको ? आफ्नो प्राथमिकतालाई जनावरसंग कसरी तुलना गर्न सक्छिन उनी ? हुन त मेरो लागि डबि पाल्तु जनावर होइन तर उनको मानसिकतामा त उ केवल जनावर न त थियो । तर पनि किन ?

मैले सुभेक्ष्यालाई कयौ कल गरे, म्येसेज गरे तर उसले त्यसका केहि प्रतिक्रियाहरु दिईन । अनि मैले गल्ली गल्ली डबिलाई खोजे तर पाउन सकिन ।

शुभेक्ष्याले छाडेर गएको १० औ दिनमा मैले बाटोमा एउटा मरेको कुकुरलाई देखे । डबि जस्तै लाग्यो तर नजिक गएर हेर्ने आँट गर्न सकिन । निश्चित भए त्यो डबि नै हो र अब डबि रहेन । त्यहि साझ शुभेक्ष्याको कल आयो ।

उसले मलाई घुर्की लगाउदै भन्दै थिइ, “अफिसबाट निस्कने बेलामा घरमा लिन आउनुहोस !”

मलाई थाहा छैन गल्ती कसको थियो तर मैले माफी माग्न चाहिन । उ आफैले “रबि, यति सानो कुरालाई मैले ठुलो बनाउनु हुने थिएन । Im Sorry.” भनेर माफी मागी ।

भित्रबाट नै खुसि लागेर आयो, “केहि छैन । कहिलेकाही हुन्छ । एउटा अफसोस मात्र रह्यो कि तिमीले घर छाडेको भोलि पल्टबाट डबिले पनि घर छाड्यो । सायद कुन चाहि गाडको चक्का मुनि पर्यो होला । बाटोमा मरेको देखे । हेर्न सकिन ।”

उसले अझै गल्ती स्वीकार गर्दै भनि, “Im really Sorry, छोड कुकुरको कुरा, हाम्रो निम्ती खुसिको कुरा छ । तिमी बाउ बन्दै छौ !”

“What?”

मेरो खुसिको सिमा रहेन । डबिलाई गुमाएको पिडा त थिदै थियो तर यो खुसिले सब बिर्साई दिने भयो । मेरो भुइँमा खुट्टा रहेन । म शुभेक्ष्यालाई लिन उसको घर पुगे ।

म त्यस बेला यति खुसि भए कि म कल्पना गर्न पनि सक्दिन । हामी पुरापुर सपिङ्ग गरेउ । घरमा अभाव भएका सबै कुराहरु लियौ । डिपार्टमेन्ट स्टोर बाट टन्न सामानहरु लिएर हामी घर तिर निस्कियौ । शुभेक्ष्याले दिएको खुशीको खबरले मैले सबै पुराना कुराहरु बिर्सिए ।

उसलाई माया गरे, अँगालो हाले, चुम्बन गरे, उसलाई उचाले, बोके, आफैमा गद्गदिए ।

घरमा पुगेर सामानहरु निकाल्दै गर्दा मेरो हातबाट डग फुड भुईमा झर्यो । मैले घरका लागि सामानहरु किन्दा किन्दै डबिको निम्ती खाने पेडिग्री पनि किनेछु । म थुचुक्क बसे । डबिको खोर छेउमा । डबिको याद आयो ।

शुभेक्ष्याले मलाई ‘के भयो?’ भनेर सोध्दै मेरो नजिक आई, मेरो हातबाट खसेको डग फुड मैले उसको हातमा थमाइदिए र चुप रहे । उसले मलाई अगालोमा हाली, “I’m really Sorry ! मैले गर्दा यी सब भए । मलाई माफ गर ।”

म त्यस रात खुसि थिए संगै दुखि पनि । एक मन लाग्यो त्यो मरेको कुकुरलाई ल्याउनु पर्छ होला । त्यसलाई राम्रो संग माटो मुनि गाड्नु पर्छ होला आखिर मेरो दुख सुखको साथी पो थियो त !

रात भर निन्द्रा लागेन ।

भोली पल्ट बिहान ढोका खोलेर पत्रिका उठाउदै गर्दा चुइ चुइ चुइकदै डबि मेरो खुट्टा छेउ आइपुग्यो । एक छिन त झस्किए, तर मेरो डबि घर फर्किएर आएको रैछ । मैले हतनपत्त शुभेक्ष्यालाई बोलाए । त्यो देखेको मृत कुकुर डबि होइन रैछ । सुभेक्ष्याले घर छाडेको भोली पल्ट घर छाडेको डबि सुभेक्ष्या आएको भोली पल्ट नै फर्कियो ।

मान्छे आफुले ठुलो अपराध गर्दा पनि अफासोस र गल्तीको महासुस गर्न सक्दैन तर एउटा पाल्तु जवावरले यी सब गल्तीको कारण आफुलाई सम्झी घरबाट निस्कियो । १० दिन शुभेक्ष्याले घर छोडेर गई भने १० दिन नै डबिले पनि घर छाड्यो । मैले आफैसंग प्रश्न गर्दा सजिलै जवाफ पाउछु, यी १० दिन सुभेक्ष्या आफ्नो माइती घरमा थिइ, माइती घरमा बसी, माइती घरमा नै खाई तर सयौ पल्ट, हजारौ पल्ट आफैसंग अनि कसैसंग प्रश्न गर्दा पनि उत्तर पाउन सक्दिन, कि यी १० दिन मेरो डबि कहाँ थियो ? कहाँ बस्यो अनि के खायो ? मैले लाख कोशिष गरे पनि उसलाई सोध्न पनि सक्दिन ।

आखिर किन हामीले यिनीहरुसंग दोहोरो बाताचित गर्न सक्दैनौ ? तर यिनका कुरा हामीले नबुझे पनि यिनले हाम्रा कुराहरु सबै बुझछन ।
बोल्न सक्ने भए गाली गर्दै भए पनि सोध्ने थिए तर उसलाई मैले माने, मान्छेलाई उसले पाठ सिकाएको छ । गल्ती नदेख्ने मान्छेका आखा अगाडि अफसोस मानेका उसका व्यवहारले ! मैले त्यस साझ नै शुभेक्ष्यालाई सरी भन्नु पर्ने थियो । मैले घर छाडेर जान दिन हुने थिएन ।
मेरो छोरी भयो ।

छोरी कपिमा अक्षरहरु लेख्दै र ठुला स्वरले पढ्दै थिइ । A For Apple, B For Ball, D For Dog भन्दै गर्दा उसलाई मैले भने D For Dobby and Dobby is not a Dog. हस ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *