बहिनी कौशल्याको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट सोमबार भाइटीकाको टिका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइत ११ बजेर ३७ मिनेटपछि बहिनी कौशल्याले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिएकी हुन्।
सो अवसरमा कौशल्याले प्रधानमन्त्री पत्नि भाउजु राधिका शाक्यलाई पनि टीका लगाइदिएकी थिइन्।
सोमबार देश तथा विदेशमा रहेका नेपाली हिन्दु धर्मावलम्बीहरुले दिदीबहिनीको हातबाट सप्तरंगी टीका र मखमली फुलको माला ग्रहण गरेका छन्। कोरोना भाइरस महामारीका कारण यो वर्ष भाइटीका त्यति उल्लाहसपूर्ण भने भएन।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment