ट्रकको ठक्करबाट धादिङमा एक बालकको मृत्यु

डिसी नेपाल
३ मंसिर २०७७ २१:५६

काठमाडौँ । ट्रकको ठक्करबाट धादिङमा एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेंशी नगरपालिका ८ खानीखोलामा बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

ठक्करबाट अन्दाजी ७ / ८ वर्षीय रितेश तामाङको घटनास्थलमै मृत्यु भएको हो। अहिले शव उठाउने कार्यभइरहेको छ।

बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका थिए। घटना भएको केहि समयपछि एक तर्फि खुलेको राजमार्ग स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् ।

ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *