अक्षय कुमारले युट्युबरलाई ५ सय करोडको मानहानी मुद्दा हालिदिए

डिसी नेपाल
४ मंसिर २०७७ १७:०७

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले एक युट्युबरविरुद्ध ५ सय करोड इक्षतिपूर्ति माग गर्दै मानहानीको मुद्दा हालिदिएका छन् । बिहारका युट्युबर राशिद सिद्दिकीले अक्षय कुमारको नाम सुशान्त सिंह राजपुतको केसमा तानेका थिए । राशिदको भाइरल भइरहेको भिडियोमा उनले अक्षय कुमारमाथि गम्भीर आरोप लगाउँदै अक्षयले रिया चक्रवर्तीलाई क्यानडा भगाउन सहयोग गरेको बताएका छन् ।

भिडियोमा राशिदले अक्षय कुमारले सुशान्त केसमा मुम्बइ पुलिस र आदित्य ठाकरेसँग मिलेर गोप्य बैठक राखेको समेत बताएका थिए । अक्षयले भने अहिलेसम्म सुशान्तको केसमा कुनै बयान दिएका छैनन् । अक्षय कुमारका कैयौं फिल्म रिलिज हुने पर्खाइमा छन् । अक्षयको फिल्म लक्ष्मी हल नखुलेपछि ओटिटीमै रिलिज भएको छ । उनको फिल्म सूर्यवंशी रिलिजको पर्खामा छन् । यसबाहेक पृथ्वीराव, बेलबटम, अतरंगी रे जस्ता फिल्म पनि आउँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *