जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, सरकारी अधिकारी चिन्तित
टोकियो(एपी) । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन् ।
महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् ।
एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन्। उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment