सांस्कृतिक रुपमा महत्वपूर्ण पर्व छठः मन्त्री भट्टराई

डिसी नेपाल
४ मंसिर २०७७ २३:३०

पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताएका छन्।

उनले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको बताए।

प्रदेश नं २ सरकारको आयोजना र संस्कृति मन्त्रालयको सहयोगमा आज वीरगञ्जमा सम्पन्न ‘प्रदेश नं २ को प्रमुख सांस्कृतिक पर्व छठको महत्वसम्बन्धी कार्यक्रम’ मा मन्त्री भट्टराईले छठले धार्मिक रुपले मात्र नभई वैज्ञानिकरुपले पनि मानव जीवन तथा प्रकृति संरक्षणका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्दै आएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *