बुढा मातापिताको जीवनभरको बचत २ करोड सबै चोरेर भागेकी छोरी ३ वर्षमा घर फर्किंदा…

डिसी नेपाल
५ मंसिर २०७७ ११:४२

काठमाडौं। ८० वर्षका पिता र ७० वर्षकी आमा । उनीहरुले जीवनभरको कमाइ बचत गरेर बैंकमा राखेका थिए । बुढा मातापिताको बैंकमा १ लाख ३० हजार पाउण्ड (२ करोड रुपैयाँ) थियो । वृद्ध दम्पती २०१७ मा युरोप घुम्न गए । यही बेला उनकी छोरीले उनीहरुको सबै पैसा क्रेडिट कार्डको माध्यमबाट चोरेर भागिन् । ३ वर्षपछि ती छोरी घर फर्किइन् तर मातापिताले उनलाई माफ गरेको बताएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ३६ वर्षकी मेलिसा फोर्डहेमले आफ्ना मातापिताको सबै बचत चोरेर भागेकी थिइन् । त्यसपछि उनलाई ३ वर्षको जेल सजाय सुनाइयो । रिपोर्टअनुसार मेलिसाले मातापिताको बैंक खाता र क्रेडिट कार्यबाट गरी उनीहरुको भएजति सबै पैसा चोरेकी थिइन् । नोभेम्बर २०१७ मा उनलाई ३ वर्षको जेल सजाय सुनाइएको थियो ।

सुनुवाइको क्रममा करिब १ दर्जन चोरी र फ्रडमा संलग्न भएको स्वीकारेकी मेलिसा अहिले सजाय पूरा गरेर बाहिर निस्किएकी छिन् । मेलिसाका मातापिताले उनी जेल गएपछि उनमा धेरै सुधार आएको भन्दै उनलाई माफ गरेको बताएका छन् । उनका पिता ८३ वर्षका टेरेन्स र आमा ७३ वर्षकी एलिजाबेथले उनी फरक व्यक्ति भएर फर्किएको बताएका छन् । युरोप गएका उनका मातापिताले स्पेनमा क्रेडिट कार्डबाट पैसा निकाल्न खोज्दा आफ्नो खातामा पैसा नभएको पत्तो पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *