परेश रावल पहिलो पटक तमिल फिल्ममा देखिँदै

डिसी नेपाल
५ मंसिर २०७७ १४:३७

मुम्बइ। बलिउडका दिग्गज अभिनेता परेश रावल अब तमिल फिल्ममा देखिने भएका छन् । फिल्म ‘सूराराई पोतृ’बाट उनले तमिल इण्डष्ट्रीमा डेब्यू गर्न लागेका हुन् । यो फिल्ममा परेश रावलसँग तमिल सुपरस्टार सूर्या हुनेछन् । परेशले फिल्मको बारेमा कुरा गर्दै फिल्म उद्योगमा लामो अनुभव भएकोले अरु कुरा सहज भए पनि तमिल भाषामा संवाद बोल्न कठिन भएको बताए ।

भाषा सिक्नको लागि आफूले संवादहरु घोकेरै बोलेको बताउँदै परेशले भाषा सिक्नको लागि आफूले तयारीस्वरुप कोठामा सोही भाषामा कार्यक्रम टेलिभिजनमा चलाइराख्ने बताए । फिल्मको सुटिङ चेन्नइ र चण्डीगढमा गरिएको छ । यो फिल्मको कहानी आफूलाई पहिलो पटकमै मन परेको बताउँदै रावलले यो फिल्ममा काम गर्नु आफ्नो लागि सौभाग्य भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *