सारा अली खानलाई भिखारी भनेर बाटो हिँड्ने बटुवाले पैसा दिएपछि…

डिसी नेपाल
६ मंसिर २०७७ १०:५०

काठमाडौं। सारा अली खान बलिउडमा आफ्नो पहिचान बनाउँदैछिन् । सुपरस्टार सैफ अली खानकी छोरी सारा यसै पनि राजपरिवारकी सन्तान हुन् । नबाबकी छोरी सारालाई बाटोमा कसैले भिखारी सम्झेर पैसा दियो भने के होला ? सारासँग यस्तो घटना भइसकेको छ । अहिले सामाजिक संजालमा साराको एउटा पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ । यो भिडियो क्लिपमा साराले आफ्नो बाल्यकालको एउटा घटनाबारे बताएकी छिन् ।

भिडियोमा साराले बताउअनुसार एकपटक उनका पिता सैफ र आमा अमृता सिंहले सारा र उनका भाइ इब्राहिमलाई घुमाउन लिएर गएका थिए । सैफ र अमृता पसलमा सामान किन्न गए, सारा र इब्राहिमलाई बाहिरै छाडे । यही बीच सारा नाच्न थालिन् । मानिसहरु सारा नाचिरहेको देखेर रोकिए र उनलाई पैसा दिन थाले । साराले भनिन् ‘मैले पनि सैसा लिएँ । सोचें कि पैसा आइरहेको छ जे गरिरहेको छु गरिरहन्छु । मैले अझै नाच्न थालें ।’ जब अमृता पसलबाट आइन उनका सेवकले मानिसहरुलाई सारा क्युट लागेकोले पैसा दिएको बताए । त्यसपछि अमृताले भनिन् ‘क्युट होइन भिखारीजस्तो लागेर पैसा दिएका हुन् ।’

१३ वर्षसम्म साथमा रहेपछि अहिले भने सैफ र अमृता अलग भइसकेका छन् । उनीहरु २००४ मा छुट्टिएका हुन् । अमृतासँग छुट्टिएपछि सैफ ३ वर्षसम्म स्वीस मोडल रोसा क्याटलानोसँग सम्बन्धमा रहे । २००७ मा फिल्म टशनको सुटिङको क्रममा सैफ करिना कपूरको प्रेममा परे । उनीहरुले २०१२ मा बिहे गरे । उनीहरुका छोरा तैमुर अली खान छन् । साराले २०१८ मा फिल्म केदारनाथबाट बलिउड डेब्यू गरेकी थिइन् । अब उनको फिल्म कुली नम्बर वन आउँदैछ जसमा उनको साथमा वरुण धवन हुनेछन् । यो फिल्म अमेजन प्राइममा क्रिसमसमा रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *