ट्रम्पले ह्वाइट हाउस छाड्न नमाने सेना परिचालन गरेर बाहिर निकालिने ओबामाको भनाइ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गर्न नमानिरहेका बेला पूर्व राष्ट्रपति बाराक ओमामाले यदि कोही ह्वाइट हाउस छाड्न नमानेर भित्रै लुकेर बसेमा अमेरिकी नेभी सीलका कमाण्डो परिचालन गरेर बाहिर निकालिने बताएका छन् । निर्वाचनको दिनपछि ट्रम्प ह्वाइट हाउसबाहिर त्यति निस्किएका छैनन् । यही कुरालाई व्यङग्य गर्दै ओबामाले यस्तो बताएका हुन् ।
अमेरिका मात्रै होइन विश्वको कुनै पनि देशमा नेभी सीललाई सबैभन्दा खतरनाक कमाण्डो दल मानिन्छ । नेभी सीलका कमाण्डोले नै २०११ मा पाकिस्तानको एवटाबादमा अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई मारेका थिए । द हीलको रिपोर्टअनुसार शुक्रबार ओबामा आफ्नो किताब ‘अ प्रोमिस्ड ल्याण्ड’को प्रमोसनको सिलसिलामा चर्चित टिभी शो ‘जिमी किमेल लाइभ’मा सहभागी भएका थिए । यस क्रममा उनले कैयौं प्रश्नको जवाफ दिए ।
यसही क्रममा जिमीले ओबामासँग सोधे ‘के ह्वाइट हाउसमा यस्तो कुनै ठाउँ छ जहाँ कोही निकालिने डरले लुक्न सकोस् र उसलाई खोज्न मुस्किल होस् ? ओबामाले हास्दै जवाफ दिए ‘मलाई लाग्छ त्यहाँ लुक्ने कुनै पनि व्यक्तिलाई हामी आफ्नो नेभी सील कमाण्डो पठाएर भगाउन सक्छौं ।’ शोको क्रममा कैयौं पटक यस्ता अवस्था आए जहाँ ओबामाले ट्रम्पको नाम लिनुपर्ने थियो तर उनले ट्रम्पको नाम लिएनन् । लुक्ने प्रश्नपछि भने ओबामा अलि गम्भीर भए र सत्ता हस्तान्तरणको काम सहज र शान्तिपूर्ण हुने अपेक्षा गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment