राजकुमारीको आफ्नै बडीगार्डसँग अवैध सम्बन्ध, चुप लाग्नका लागि दिइन् १९ करोड !

डिसी नेपाल
६ मंसिर २०७७ १३:३१

काठमाडौं। दुबइका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी पत्नी राजकुमारी हया बिन्त हुसेनको आफ्नै बडीगार्डसँग अवैध सम्बन्ध भएको खुलेको छ । बेलायती नागरिक रहेका ती बडीगार्डलाई चुप लाग्नको लागि राजकुमारी हयाले १.२ मिलियन पाउण्ड (१९ करोड रुपैयाँ) र महंगा उपहारहरु दिएको डेलीमेलले दावी गरेको छ । राजकुमारीले बडीगार्डलाई १२ हजार पाउण्ड पर्ने घडी, ५० हजार पाउण्ड पर्ने पुरानो शटगनसहितका उपहार दिएको रिपोर्टमा दावी गरिएको छ ।

बेलायतको अदालतका चलेको सुनुवाइको आधारमा डेलीमेलले यस्तो दावी गरेको हो । दुबइका शासकले राजकुमारी हयालाई कुनै जानकारी नदिइ फेब्रुअरी २०१९ मा शरिया कानुनअनुसार राजकुमारी हयासँग सम्बन्धविच्छेद (तलाक) गरेका थिए । रिपोर्टका अनुसार राजकुमारीका बडीगार्ड विवाहित थिए तर राजकुमारीसँगको यो अवैध सम्बन्धका कारण बडीगार्डको वैवाहिक सम्बन्ध विच्छेद भयो ।

राजकुमारी हयाले अहिले दुबइ छाडिसकेकी छिन् र बेलायतमा बस्दै आएकी छिन् । बच्चाहरुको अभिभावकत्व आफूले पाउनुपर्ने मागसहित राजकुमारी हयाले बेलायतको अदालतमा मुद्दा दायर गरेकी थिइन् र अदालतले हयाको पक्षमा फैसला गरेको थियो । राजकुमारी हया दुबइका शासककी छैटौं र सबैभन्दा कम उमेरकी पत्नी थिइन् । यो अवैध सम्बनध २०१६ मा सुरु भएको मानिएको छ त्यसपछि ती बडीगार्डले राजकुमारी हयाको लागि पूर्ण रुपमा काम गर्न थालेका थिए ।

रिपोर्टका अनुसार ४६ वर्षकी राजकुमारी हयाको ३७ वर्षका बेलायती बडीगार्ड रसेल फलोवरसँग करिब २ वर्ष सम्बन्ध चलेको थियो । राजकुमारीले रसेलसँगको आफ्नो अवैध सम्बन्धबारे केही नबोल्नको लागि अन्य ३ बडीगार्डलाई पनि करोडौं दिएको विश्वास गरिएको छ । राजकुमारी हया २०१८ मा दुबइबाट भागेकी थिइन् र अहिले लण्डनमा छिन् । उनी दुई सन्तानकी आमा हुन् । डेलीमेलका अनुसार यस विषयमा बडीगार्ड रसेलसँग सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । राजकुमारी हयाले पनि यो सम्बन्धबारे दावी खण्डन गर्ने विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *