भारतीको घरमा गाँजा भेटियो !

मुम्बइ। बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले भारतीको अन्धेरीस्थित घरमा छापा मारेको छ । छापा मार्दा भारतीको घरमा गाँजा भेटिएको छ । गाँजाको परिमाण कति थियो भन्ने खुलाइएको छैन । एनसीबीले आजै मुम्बइका अन्य तीन ठाउँमा पनि छापा मारेको बताइएको छ । यसबाहेक अन्य स्थानमा पनि छापा मार्ने क्रम जारी रहेको बताइएको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । उनीहरुको बयान आजै हुने बताइएको छ । उनीहरु केही बेरमा एनसीबीको कार्यालयमा बयान दिन पुग्ने भारतीय मिडियाले जनाएका छन् । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो । भारती पछिल्लो समय द कपिल शर्मा शोमा व्यस्त छिन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो