कमेडियन भारती र उनका श्रीमान पक्राउ

डिसी नेपाल
६ मंसिर २०७७ १५:३५

मुम्बइ। नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई पक्राउ गरेको छ । उनीहरुको घरमा शनिबार ब्यूरोले छापा मारेको थियो । उनीहरुको घरमा गाँजा भेटिएको बताइएको छ । ड्रग्सको सेवनको आरोपमा ब्यूरोले उनीहरु दुवैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

एक ड्रग्स तस्करसँग सोधपुछका क्रममा यी दुईले पनि ड्रग्स लिने गरेको खुलासा भएको बताइएको छ । त्यसपछि पुलिसले उनीहरुको अंधेरी, लोखंडवाला र वर्सोवामा रहेको घरमा छापा मारेको थियो । उनीहरुको घरमा लागूऔषध भेटिएको बताइएको छ । यसअघि बलिउड अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *