यस्तो भयो भने अझै पनि ट्रम्पले जित्ने छन् अमेरिकी राष्ट्रपतिको चुनाव

डिसी नेपाल
६ मंसिर २०७७ १७:३६

वाशिङ्टन (एजेन्सी)। जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको करिब दुई हप्ता वितिसकेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकार गरेका छैनन्। के उनीसँग यो नतिजा उल्ट्याउन सक्ने कुनै योजना छ ?

चुनावी नतिजालाई कानुनी चुनौति दिने ट्रम्पको रणनीतिले त काम गरेको छैन। ट्रम्पको टीमले दर्जनौं केस गरे तर, कुनै प्रमाण भने पेश गर्न सकेनन्। उनका वकील तथा न्यूयोर्कका पूर्व मेयर रुडी ज्यूलियानीले बिहीबार ट्रम्प अभियानले मिशिगनमा आफ्नो कानुनी चुनौति फिर्ता लिन लागेको बताए। मिशिगनमा बाइडेन १ लाख ६० हजार मतान्तरले जितेका थिए।

जर्जिया राज्यमा पनि ५० लाख ब्यालेट दोस्रो पटक गणना गरियो र बाइडेन १२ हजार मतले जिते। राज्यले पनि नतिजा प्रमाणित गरिसकेको छ। अब विस्तारै सबै ढोका बन्द हुन लागेपछि ट्रम्पको रणनीति कानुनी लडाईँबाट राजनीतिक लडाईँतर्फ मोडिन लागेको छ।

ट्रम्पको रणनीति के छ ?

ट्रम्प शायद यस्तो गर्ने सोचिरहेका छन् :

जति सकिन्छ, त्यति राज्यमा भोट सर्टिफकेशन रोक्ने ।

ती राज्यमा जहाँ जहाँ रिपब्लिकन प्रतिनिधिहरुले कम अन्तरमा चुनाव चितेका छन्, त्यहाँ धाँधली भएको भन्दै पपुलर भोटको नतिजालाई खारेज गर्न मनाउने।

त्यसपछि प्रतिनिनिधहरुलाई १४ डिसेम्बरमा हुने मतदातनमा आफ्ना राज्यका इलेक्टोरल कलेज भोटलाई बाइडेनको सट्टा ट्रम्पलाई दिन मनाउने।

यस्तो काम विसकान्सिन, मिशिगन र पेन्सिल्भेनिया जस्ता राज्यमा गर्ने, किनकी ट्रम्पको इलेक्टोरल भोटको संख्या २३२ बाट २६९ पुग्न सकोस।

यस्तो हुन लागि ट्रम्पले के गरिरहेका छन् ?

ट्रम्पले ती मानिसहरुमाथि लगातार दबाब दिइरहेका छन्, जसले यो मामिलामा प्रभाव पार्न सक्छन्। जसले राज्यले कसलाई राष्ट्रपति चुन्न सक्छ। जब अमेरिकी नागरिक राष्ट्रपति चुनावमा मतदान गर्छन्, खासमा उनीहरु राज्य स्तरमा मतदान गर्छन्, नकी राष्ट्रिय स्तरमा । उनीहरु राज्यका इलेक्टर्सका लागि मतदान गर्छन्र जसले जितेपछि राष्ट्रपतिका लागि मतदान गर्छन्। प्रायः इलेक्टर्स चुनाव अनुसार नै मतदान गर्छन्। जस्तेकी मिशिगनमा बाइडेनले जितेका हुनाले त्यहाँका इलेक्टर्सले उनलाई नै मतदान गर्नेछन्।

ट्रम्पले फरक फरक राज्यमा दबाब दिएको संकेत त्यो बेला फेला पर्यो जब उनले डेट्रायटको नतिजा प्रमाणित गर्न अस्वीकार गरेका रिपब्लिकन अधिकारीलाई उनले फोन गरे। सामान्य दुई अधिकारीलाई राष्ट्रपतिबाट सिधै फोन जानु असमान्य कुरा हो। मिशिगनका रिपब्लिकन प्रतिनिधिहरुलाई पनि शुक्रबारका लागि व्हाइट हाउस आउने निम्ता गरियो।

के ट्रम्प सफल हुन सक्छन् ?

यो असम्भव भने छैन, तर मौका भने निकै कम छ। पहिला त राष्ट्रपतिले कैयौं राज्यमा यस्तो गर्नुपर्ने हुन्छ जहाँ बाइडेनको जितको अन्तर हजारदेखि लाखौंसम्म छ। यो सन् २००० जस्तो होइन, जहाँ फ्लोरिडा नै मुख्य राज्य थियो।

यसका साथै जुन राज्यलाई ट्रम्पको टीमले लक्ष्य बनाएको छ, जस्तै मिशिगन, विस्कान्सिन, पेन्सिल्भेनिया र नभाडा, ती मध्ये केहीमा डेमोक्रेट गर्भनर छन र यो सबै भएको देखेपछि उनीहरु चुप बस्ने छैनन्। जस्तो मिशिगनमा गभर्नरले ग्रेचन व्हिटमरलाई स्टेट इलेक्शन बोर्डबाट हटाएर अर्कोलाई ल्याउन सक्छन्। जसले बाइडेनको जित प्रमाणित गर्न सक्छन्।

रिपब्लिकनले आफ्नो प्रतिनिधिको नाम दिने छन्। त्यसपछि सदनमा निर्णय गरिने छ, कि उनले कुन समूहको चयन गर्छन्। यस्तो होइनकी बाइडेन समर्थकका लागि चिन्ताको कुरा होइन। तर यस्तो हुने सम्भावना भने निकै कम छ। तर यो अवस्थामा जित हातबाट फुत्किने कुरा सोचेर पनि बाइडेन समर्थकहरुलाई निकै चिन्ता लाग्दो हो।

के कानुनी रुपमा यो रणनीति ठिक छ ?

ट्रम्पले आफ्नो कार्यकालको धेरै समय राष्ट्रपति पदको परम्परालाई भत्काउनमा बिताएका छन्। र यस्तो लाग्छ अन्तिम दिनहरु पनि त्यसभन्दा फरक हुने छैनन्।
ट्रम्प चुनाव अधिकारीहरु र राज्यका प्रतिनिधिहरुमा दबाब बनाइरहेका छन्, जुन यसअघि कहिल्यै पनि भएको थिएन। यो विवादास्पद भए पनि गैरकानुनी भने होइन।

मेरिकामा पहिला राज्यका प्रतिनिधिहरुमा शक्ति धेरै थियो। उनीहरुलाई आफ्नो इलेक्टोरल भोट दिने स्वतन्त्रता थियो। संवैधानिक रुपमा पपुलर भोटअनुसार उनीहरुले मतदान गर्नुपर्ने कुनै बाध्यता छैन। तर प्रतिनिधिहरुले नतिजाअनुसार नै मतदान गर्दै आएक छन्, तर मुख्य प्रणाली पनि आफ्नो ठाउँमा छन्।

यदि राष्ट्रपति प्रतिनिधिहरुलाई मनाउन सफल भ एभने मिशिगनमा त डेमोक्रेट्सको कानुनी चौनितको सामना गर्नुपर्ने हुन्छ। कानुन राज्य स्तरमा पनि र राष्ट्रिय स्तरमा पनि अस्पष्ट छ। यस प्रकारको कुरा शायद यसअघि कहिल्यै मुद्दाको विषय बनेन। त्यसैले अन्तिम फैसला न्यायधीशले नै गर्न सक्छन्।

के कसैले यसअघि यस्तो गरेको छ ?

पछिल्लो पटक चुनावमा नजिकको मामिला २००० मा भएको थियो, जब अल गो र जर्ज बुश राष्ट्रपति चुनावमा उम्मेदवार थिए। फ्लोरिडामा केही सय मतको अन्तर थियो। सर्वोच्च अदालतले हस्तक्षेप गर्यो बुश राष्ट्रपति बने। यदि कुनै राज्यमा चुनावका विषयमा विवादको कुरा थाहा पाउन १८७६ मा पुग्नु पर्छ।

जहाँ रिपब्लिकन रदरफोर्ड हेय्स र डेमोक्रेट सेमुअल टिलडन राष्ट्रपतिको चुनाव लडेका थिए। फ्लोरिडा, लुसिआना, साउथ क्यारोलाइनाको इलेक्टोरल कलेसमा कसैलाई पनि बहुमत प्राप्त भएन। त्यसपछि यो मामिला तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा लगियो, जहाँ हेय्सतर्फ रुझान देखियो र उनी राष्ट्रपति बने जसरी २००० मा बुश र २०१६ मा ट्रम्प जितेका थिए।

ट्रम्पले पद छोड्न अस्वीकार गरे भने ?

यदि ट्रम्पको यो सबै रणनीति फेल भयो भने २० जनवरी दिउँसो १२ बजेर १ मिनेटमा जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने छन्, ट्रम्पले हार स्वीकार गरे पनि नगरे पनि। त्यस्तो बेला गुप्तचर सेवा र अमेरिकी सेना पूर्व राष्ट्रपतिसँग त्यस्तै व्यवहार गर्न स्वतन्त्र छन्, जस्तो सरकारी सम्पत्तिमा कुनै अनाधिकृत मानिस उभिएको हुन्छ।

आइतबार एक पत्रकार सम्मेललमा बाइडेनले भने, ‘यो दुःखको कुरा छ, जो ट्रम्पले गरिरहेका छन्। उनी संसारमा लोकतन्त्रबारे हानिकारक सन्देश दिइरहेका छन्।’
यदि ट्रम्प सफल नभए पनि उनले आगाी चुनावका लागि यस्तो उदाहरण पेश गर्न सफल भएका छन्, जसमा कुनै अमेरिकी नागरिकको अमेरिकी लोकतन्त्र र संस्थाहरुमाथिको विश्वासलाई कमजोर पारिदिने छ। (बीबीसीबाट अनुवाद)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *