चितवन घटनाप्रति नेकपा प्रवक्ताको प्रतिक्रिया : यसले कसैको पनि हित गर्दैन

डिसी नेपाल
६ मंसिर २०७७ २०:१४

काठमाडौं। नेकपा नेता सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनमा नेकपाकै कार्यकर्ताहरुले दुर्व्यवहार गरेको विषयलाई लिएर नेकपा नेताहरुको प्रतिक्रिया आउनेक्रम जारी छ। शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पार्टी नगर कमिटीको कार्यक्रममा नेता पाण्डेले मन्तव्य राखिरहँदा नारावाजी भएको थियो।

यही विषयलाई लिएर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिक्रिया दिँद स्ता घटनाले कसैको हित नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ। यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

यसअघि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले वक्तव्य जारी गर्दै घटनाको भत्र्सना गरेका थिए।

नेकपामा विवाद चुलिँदा त्यसको प्रभाव स्थानीय स्तरमा देखिन थालेको हो। नेता पाण्डेले मदन भण्डारी फाउण्डेशनले पार्टीमा गुटबन्दी गरेको भनेपछि उनीविरुद्ध नारावाजी भएको थियो। मदन भण्डारी फाउण्डेशन जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद जस्ता नारावाजी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *