त्रिविद्वारा बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा तालिका प्रकाशित (तालिकासहित)

डिसी नेपाल
६ मंसिर २०७७ २०:३४

काठमाडौं । त्रिविले बीएड प्रथम र छैठौं सेमेस्टर र एमएड दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।

बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो ।

कोरोना भाइरसका कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ ।

परीक्षा नियन्त्रण महाशाखाका अनुसार बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ । यस्तै एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ ।

एमएडपरीक्षा केन्द्र केही दिनमा निर्धारण हुने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *