बङ्गलादेशमा चार लाख ४५ हजार बढी कोरोना संक्रमित, ६३५० को मृत्यु

डिसी नेपाल
६ मंसिर २०७७ २२:१८

ढाका(सिन्ह्वा) । बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएकमो छ ।

बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *