१०० वर्षकी वृद्ध महिलालाई बलात्कार गरेर कुटेर मार्ने अपराधीलाई सजाय सुनाइयो

डिसी नेपाल
७ मंसिर २०७७ ८:३८

काठमाडौं। १०० वर्षकी वृद्ध महिलालाई बलात्कार गर्ने २८ वर्षका युवकलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । ३ वर्षसम्म चलेको सुनुवाइपछि अदालतले आरोपी युवकलाई दोषी ठहर गर्दै आजीवन कारावासको साथमा २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । घटना भारतको उत्तर प्रदेश राज्यको मेरठको हो ।

२०१७ मा भएको घटनामा महिलाका परिवारले आरोपी युवकलाई घटनास्थलमै समातेर पुलिसको जिम्मा लगाएका थिए । आरोपी युवक महिलाका छिमेकी २८ वर्षका अंकित पुनिया हुन् । यस घटनामा वृद्धाका नातिले एफआइआर दर्ता गराएका थिए । घटनाको समयमा आरोपीको उमेर २८ वर्ष थियो । पुलिसको हिरासतमा आरोपीले बलात्कार गरेको स्वीकार गरेका थिए । उनले बलात्कारपछि वृद्धालाई कुटपिट गरेको पनि बताएका थिए ।

परिवारले वृद्धालाई उपचारको लागि अस्पतालमा भर्ना गरेका थिए तर अस्पतालमा उनको मृत्यु भयो । त्यसपछि यो मुद्दा मेरठका विशेष न्यायाधीन एससी–एसटीको अदालतमा विचाराधीन थियो । हालै अदालतले साक्ष्यको आधारमा युवकलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *