अमेरिकाको एक शहरमा घाम यसरी अस्तायो, अब जो बाइडेन राष्ट्रपति नहुँदासम्म उदाउने छैन

डिसी नेपाल
७ मंसिर २०७७ ९:०६

काठमाडौं। अमेरिकाको एक शहरमा अब डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा हुँदासम्म घाम उदाउने छैन । यो शहरको लागि अब ट्रम्प राष्ट्रपति हुँदासम्मका लागि अर्थात ६५ दिनका लागि घाम अस्ताएको छ । अब यहाँ जो बाइडेन राष्ट्रपति भएपछि मात्र घाम उदाउनेछ । जो बाइडेन जनवरी २० को मध्य दिनपछि राष्ट्रपति हुनेछन् र यो शहरमा त्यसको ३ दिनपछि जनवरी २३ मा घाम उदाउनेछ ।

यो शहरमा गएको बुधबार अर्थात नोभेम्बर १८ मा घाम अस्तायो । अब यहाँ २०२१ को जनवरी २३ मा मात्र घाम उदाउनेछ । यो शहरका बासिन्दाले अब २ महिनासम्म घाम देख्न पाउने छैनन् । जनवरी २३ मा पनि यहाँ बिहान घाम उदाउने छैन । त्यस दिन दिउँसो १ बजे मात्र घाम उदाउनेछ । सरकारले यो शहरमा आगामी ६५ दिनसम्म रात हुने आधिकारिक घोषणा गरेको छ ।

खासमा अलास्का ध्रुवीय क्षेत्रमा पर्छ । यो राज्यको उतकियागविक शहरमा अब २३ जनवरीमा घाम देखिनेछ । उत्तरी ध्रुवतिर जाडो महिनामा चौबीसै घण्टा घाम देखिँदैन । यो क्षेत्र आर्कटिक सर्कलमो उचाइमा भएकोले सूर्य यहाँ दिउँसोको समयमा पनि क्षितिज पार गरेर माथि आउन सक्दैन । यो स्थितिलाई पोलार नाइट्स भनिन्छ ।

द वेदर नेटवर्कको रिपोर्टअनुसार १८ नोभेम्बरमा अलास्कामा २०२० को अन्तिम सूर्यास्त भएको थियो । यस पटक यहाँका बासिन्दाले शहरमा बनेको एक फिल्म हेरेर धँध्यारो भएको उत्सव मनाए । ४ हजार जनसंख्या भएको उतकियागविकमा अब सूर्य नउदाउँदा मौसम निकै चिसो हुन्छ ।

यहाँको तापक्रम माइनस १० देखि माइनस २० सम्म पुग्छ । यहाँ अबको २ महिना औसत तापक्रम पनि माइनस ५ भन्दा तल नै रहन्छ । पोलार नाइट्सको स्थिति अमेरिकाको अलास्काको साथै रुस, स्वीडेन, फिनल्याण्ड, ग्रीस र क्यानडाका केही शहरमा पनि हुन्छ । क्यानडाको ग्रिस फियोर्ड नामको शहरमा त १०० दिनसम्म अँध्यारो हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *