लकडाउनको त्रासले अमेरिकामा ट्वाइलेट पेपरको अभाव !

डिसी नेपाल
७ मंसिर २०७७ १०:३२

काठमाडौं। अमेरिकामा क्यालिफोर्नियादेखि न्यूयोर्कसम्मका राज्यहरुमा रहेका पसलहरुमा ट्वाइलेट पेपरको अभाव भएको छ । महामारीको दर बढ्दै जाँदा कर्फ्यू र शटडाउनको योजना बनाइँदै गर्दा सर्वसाधारणहरुले अत्यावश्यक सामान किनेर घरमा थुपार्न थालेका छन् । यससँगै सुपरमार्केटमा ट्वाइलेट पेपर पाइनै छाडेको छ । वालमार्टले समाचार एजेन्सी रोयटर्ससँग आफ्नो स्टोरमा सामान्यभन्दा अत्यन्तै न्यून परिमाणमा ट्वाइलेट पेपर र अन्य सरसफाइसम्बन्धी सामग्ीको स्टक रहेको बताएको छ ।

शुक्रबार दिउँसोसम्म अमेरिकाका २२ राज्यहरुले विभिन्न प्रतिबन्धहरु लगाएका छन् । राज्य सरकारले प्रतिबन्ध लगाएसँगै पसलहरुमा सामान किन्न सर्वसाधारणको चाप बढेको छ । यससँगै अमेरिकाका सबैभन्दा ठूला सुपरमार्केट चेन टार्गेट र क्रोजरमा पनि सर्वसाधारणले सामान किन्ने र खुद बिक्रेताले थोकमा सामान किन्ने दरले यसअघिको सीमा नाघेको छ । एरिजोनाको टक्सनका संग्रह विज्ञ ह्वाइटली ह्याचरले वालमार्टमा लाइजोल ब्याक्टेरिया नाशकको स्टक सकिन लागेको र ट्वाइलेट पेपस सकिइसकेको बताए ।

ह्याचरका अनुसार ठूला सुपरमार्केटहरुमा यसप्रकारका सामान राखिने शेल्फहरु खाली देखेपछि सर्वसाधारणले पछि सामानको अभाव हुने डरले अहिल्यै धेरै किनिरहेका छन् । वाशिङटनको भ्याङकुभरमा रहेको कोस्टकोको स्टोरमा ट्वाइलेट पेपर, पेपल टावेल, क्लिनिङ वाइप, पञ्जाजस्ता कुरा आउट अफ अर्डरको बोर्ड राखिएको छ । क्यालिफोर्नियामा पनि ट्वाइलेट पेपरको अभाव छ । यहाँ गभर्नरले कर्फ्यू आदेश जारी गरेका छन् ।

फ्रेस्नो र लस एन्जल्समा पनि कोस्टको स्टोरमा ट्वाइलेट पेपर सकिएको छ । सान डिएगोमा इन्टरनेटबाट मार्केटिङ गर्ने मेलिन इसाका अनुसार आइसक्रिम र दूधका ठूला जग सकिएका छन् । अमेरिकाको सबैभन्दा ठूलो ट्वाइलेट पेपर बिक्रेता प्रोक्टर एण्ड ग्याम्बलले माग धान्न नसकेपछि आफ्नो उद्योग हप्तामा सातै दिन चौबीसै घण्टा चलाइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *