रुसी राष्ट्रपति पुटिनलाई क्यान्सर ! छोरीलाई उत्तराधिकारी बनाएर पद छाड्ने

डिसी नेपाल
७ मंसिर २०७७ १२:१५

काठमाडौं। रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका एक प्रमुख आलोचकले राष्ट्रपति पुटिनलाई क्यान्सरको समस्या भएको र उनले पदबाट राजीनामा दिने दावी गरेका छन् । डेलीमेलका अनुसार रुसी राजनेता भेलेरी सोलोभेइले मस्कोको नीति निर्माण तहमा आफ्नो स्रोत रहेको दावी गर्दै राष्ट्रपति पुटिनको गएको फेब्रुअरीमा अपरेशन समेत गरिएको दावी गरेका छन् ।

रिपोर्टअनुसार एक अन्य बेनामी सूत्रले पुटिनको पेटको सर्जरी गरिएको बताएको छ । रुस सरकारले भने राष्ट्रपतिलाई कुनै स्वास्थ्यसमस्या भएको अस्वीकार गरेको छ । करिब दुई हप्ता पहिले पनि सोलोभेइले पुटिनलाई पार्किन्सन्सको समस्या भएको दावी गरेका थिए । सोलोभेइले राष्ट्रपति पुटिनले जनवरीमा राष्ट्रपति पद त्याग्ने र आफ्नी छोरी कटरिना तिखोनोभालाई आफ्नो उत्तराधिकारीको रुपमा अघि सार्ने तयारी गरिरहेको पनि दावी गरेका छन् ।

सोलोभेइले आफू डाक्टर नभएको र आफूसँग यो रोगको बारेमा अधिक जानकारी सार्वजनिक गर्ने नैतिक अधिकार पनि नभएको बताए । रुस सरकारले भने पुटिनलाई कुनै प्रकारको स्वास्थ्य समस्या भएको दावीलाई खारेज गरेको छ । तर, बिहीबार टेलिभिजनमा देखिने क्रममा पुटिनले खोकिरहेका थिए । रिपोर्टका अनुसार रुसको संसदमा राष्ट्रपति वा पूर्व राष्ट्रपतिलाई आजीवन आपराधिक मुद्दा नचलाउने कानुन पेस गरिएपछि पुटिनको स्वास्थ्यका विषयमा हल्ला चल्न थालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *