धादिङमा दुर्घटना १ जनाकाे मृत्यु
काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए। दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन्। एक जनाको सामान्यावस्था छ। घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडाैँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment