तस्कर समूह र प्रहरीबीच झडप

डिसी नेपाल
७ मंसिर २०७७ २१:१०

काठमाडौं। पर्सामा तस्कर समूह र नेपाल प्रहरीबीच झडप भएको छ। भारतको रक्सौलबाट भन्सार राजस्व छली अवैध रुपले कपडा ल्याउन खोज्ने पोके झोले तस्कर समूहले प्रहरीमाथि आइलागेपछि सामान्य झडप भएको हो।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार झोले पोके समूहले भन्सार छलेर सामान ल्याउन खोजेको र प्रहरीले रोकेपछि प्रहरीमाथि आइलाग्दा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक ९असई० जयप्रकाश पाण्डेको अनुहारमा चोट लागेको हो।

उनको अवस्था सामान्य रहेको छ। प्रहरीमाथि आइलागेपछि प्रहरीले सो समूहका एक महिलासहित दुई जनालाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुको बारेमा अनुसन्धान भैरहेको एसपी पन्तले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *