नेकपा कार्यकर्ता चौधरी हत्या आरोपी पक्राउ

डिसी नेपाल
७ मंसिर २०७७ २१:२८

काठमाडौं। पर्सा प्रहरीले नेकपाका कार्यकर्ता मुकेश चौधरीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्या सम्बन्धमा वीरगञ्जकी गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनात्मक सिफारिस समेत गरेपछि प्रहरीले आरोपीहरुको खोजी कार्य गरेको थियो।

पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कात्तिक ६ गते नेकपाको गाउँ पालिका कमिटीको शपथ ग्रहण कार्यक्रम चलिरहेकै बेला नेकपाभित्रकै अर्को पक्षले आफूहरुलाई कार्यक्रममा नबोलाइएको भन्दै विवाद सुरु गरेको थियो। विवाद बढ्दै जाँदा भएको झडपमा परी दर्जनबढी घाईते भएका थिए। ती घाइतेमध्ये चौरसियाको सोही दिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसादलाई पक्राउ गरेको हो। स्मरण रहोस नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा नेकपाको सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समेय यो प्रकरणमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई संरक्षककर्ताको रुपमा दोषी करार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *