जुही चावलाका फिल्म उनकै छोराछोरीले हेर्दैनन्

डिसी नेपाल
८ मंसिर २०७७ १०:११

मुम्बइ। बलिउड अभिनेत्री जुही चावला उद्योगकी सफल अभिनेत्रीमा गनिन्छिन् । ९० को दशकमा अत्याधिक चर्चित अभिनेत्री जुही अहिले फिल्म उद्योगमा त्यति सक्रिय छैनन् तर उनको फ्यान फलोइङ भने अहिले पनि बलियो छ । तर, उनको फिल्म उनका आफ्नै छोराछोरीले हेर्दैनन् । जुही आफैंले यसबारे खुलासा गरेकी हुन् ।

बलिउडमा बाहिरबाट आएर उनले नाम कमाइन् । उनले व्यवसायी जय मेहतासँग बिहे गरिन् । उनका एक छोरी र एक छोरा छन् । जुही र उनको परिवार लाइमलाइटबाट टाढा रहन रुचाउँछन् । पिंकभिलासँगको हालै गरेको कुराकानीका क्रममा जुहीले छोरी जाह्नवी र छोरा अर्जुनको बारेमा कुरा गरिन् । कुराकानीका क्रममा जुहीले आफूले आफ्ना छोराछोरीलाई लाइमलाइटबाट टाढा राख्न नचाहेको बरु उनीहरु आफैं टाढा रहन चाहेको बताइन् ।

आफ्ना छोराछोरीले नै सामाजिक संजालमा सक्रिय हुन नचाहेको उनले खुलासा गरिन् । छोराछोरी आफूसँग बाहिर निस्किँदा पनि डिस्टर्ब हुने बताउँदै जुहीले बाहिर मानिसहरुले आफूलाई रोक्दा, कुरा गर्न खोज्दा, फोटो खिच्न खोज्दा जाह्नवी र अर्जुन असहज हुने गरेको बताइन् । छोराछोरीहरुले आफ्नो फिल्म समेत नहेर्ने उनलाई खुलासा गरिन् । जुहीले भनिन् ‘मेरो छोरा अर्जुनले त भन्छन् – म तपाइँको फिल्म हेर्दिन किनकि स्क्रिनमा तपाइँलाई अरुसँग देख्दा मलाई निकै अनौठो लाग्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *