नेकपाको किचलोकाबीच चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण कस्तो होला?

मदन कोइराला
८ मंसिर २०७७ १३:३९

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला उत्तरी छिमेकी चीनको सक्रियता नेपालमा ह्वात्तै बढेको छ। चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दलभित्रको विवाद मिलाउन सक्रियता देखाएको चर्चा चलिरहँदा चीनका रक्षामन्त्री वेई फिङ्हको नेपाल भ्रमण तय भएको छ।

उनी २९ नोभेम्बरमा काठमाडौं आउँदैछन्। यद्यपी नेपाल सरकारले उनको भ्रमणका औपचारिक मिति सार्वजनिक भइसकेको छैन। नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप गरेको चर्चा भइरहेका बेला नेपालको आन्तरिक मामिलमा चीनको सक्रियाता पनि देखिने गरी बढेको छ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपालको गरिमामा कुनै असर पार्दैन
टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत

नेपाल र चीनबीचको सम्बन्धन भनेको बहुयामिक हो। यो राजनीतिक, आर्थिक, सामरिक सबै क्षेत्रमा हाम्रा सम्बन्ध छन्। त्यसकोणबाट हेर्दा यो भ्रमणलाई सैन्य वा गैरसैन्य भन्ने डिमार्केशन भित्र हेरिनु हुँदैन।

आवश्यक पर्दा गैरसैन्य र सैन्य भ्रमणको आदान प्रदान हुन्छ। त्यसले दुई देशबीचको सम्बन्धलाई थप मलजल गर्ने नै हो। यसलाई त्यो भन्दा अन्यथा अर्थमा हेरिनु हुँदैन।

अहिले समसामयिक जुन विश्वमा हामी बाँचिरहेका छौं, त्यो विश्व चाँही एकदमै तरल र पुर्नसमायोजनको दिशामा गइरहेको छ। अब केही शक्तिहरु शीतयुद्धको पुर्नरुत्थानतिर लागेका छन् भने अर्को शक्ति त्यसतर्फ होइन, अबको विश्व व्यवस्था कुनै एउटा शक्ति राष्ट्रको बोलवाला चल्ने विश्व व्यवस्था हुँदैन, त्यो चाँही सहकार्य र आपसी हितको समायोजनमा चलाउनु पर्दछ र विश्व र मानवजातिलाई खतरामा पर्ने र काम गर्नु हुँदैन भन्ने सोच विकास भएको पाइन्छ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अन्यथा ठानेर लिनु हुँदैन। त्यसले हाम्रो सोचमा, हाम्रो गरिमामा, राष्ट्रियतामा कुनै तलमाथि गर्ला जस्तो लाग्दैन बरु यो भ्रमणले त्यसमा भरथेग नै गर्दछ जस्तो लाग्छ।

एउटा कुनै शक्ति विशेषको वर्चश्वमा विश्व व्यवस्थालाई चलाउने र अर्को सबै स्वार्थमा सम्बद्र्धन गरेर मिलाएर लैजानुपर्छ भन्ने छ।
कता कता यो बीचमा शीतयुद्धकै पुनरुत्थान गर्न खोजिँदै छैन? भन्ने पनि आशंका थियो। तर पछिल्ला विश्व घटनाक्रम जसरी विकास भएका छन्, त्यसले शीतयुद्धकै पुर्नरुत्थानमा विश्व नजाला र मथ्थर भएर जाला भन्ने सोच पनि विकास भइरहेको छ।

संभावत :आज विश्व शक्ति राष्ट्रलाई घेर्ने यो नयाँ कोणबाट अलि सन्तुलित र मर्यादित कोणबाट जालान् भन्ने सोच पनि छ। त्यस प्ररिप्रेक्ष्यमा त्यो देखिन्छ भने नेपालको भूरणनीति महत्वलाई हाम्रो छिमेकी मात्रै होइनन् कि धेरै परका मुलुकहरुले पनि नेपालको भूराजनीतिक रणनीति महत्वलाई बुझ्छन्।

र, यसलाई एकतर्फी नहोस भन्नेतर्फ सबै शक्ति संवेदनशील होलान्। त्यस्तो नहोस भन्नका लागि केही कोशिस पनि होलान्, प्रत्यक्ष अप्रत्यक्ष गतिविधि पनि होलान्। तर मलाइ के लाग्छ भने चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अन्यथा ठानेर लिनु हुँदैन। त्यसले हाम्रो सोचमा, हाम्रो गरिमामा, राष्ट्रियतामा कुनै तलमाथि गर्ला जस्तो लाग्दैन बरु यो भ्रमणले त्यसमा भरथेग नै गर्दछ जस्तो लाग्छ।

जहाँसम्म चिनियाँहरुको नेपाल नीतिका सम्बन्धमा उनीहरुको अडान, रुची, व्यवहारलाई मुल्याकंन गर्दा के देखिन्छ भने चिनियाँहरु नेपालमा स्थायित्व चाहन्छन्। अस्थिरताबाट आफ्नो हित हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्।

भूराजनीति अवस्थाले गर्दा चीनको नेपालप्रतिको चासो बढेको छ
लोकराज बराल भारतका लागि नेपाली पूर्व राजदूत

चीनमा सैनिक बर्दीधारी नै रक्षामन्त्री हुने चलन छ। तर अहिले नेपालमा दुवै मुलुकको सक्रियता बढेको छ। उनीहरु आउँछन्, जान्छन् त्यो ठूलो कुरा भएन। तर हाम्रो नीति कस्तो हो, उनीहरुसँग कस्तो व्यावहार गर्ने हो त्यसमा भरपर्छ।

भूराजनीतिले गर्दा चीनको नेपालप्रतिको चासो बढेको छ। चीनले अहिले बीआरआईमार्फत चासो राखेको देखिन्छ। अमेरिकाले पनि एमसीसीमार्फत नेपालमा आफ्नो चासो राखेको छ। सबैले आफ्नो मुलुकको स्वार्थ हुन्छ, ती स्वार्थलाई हामीले कसरी मिलाउँ छौं भन्ने कुरा नै महत्वपूर्ण हो।

उनीहरुको आफ्नो स्वार्थ होला, त्यो स्वार्थलाई हामीले कसरी हेर्ने हो, त्यसलाई मान्ने नमान्ने त हाम्रो हातमा हुन्छ। उनीहरुसँग हामीले स्पष्ट रुपमा आफ्नो अडान राख्न सक्नुपर्छ। तर पहिला चीन अहिलेको जस्तो सक्रिय थिएन। पहिला राज्य राज्यबीच मात्रै सम्बन्ध हुन्थ्यो। अहिले पार्टी तहमा पनि सम्बन्ध स्थापित भएको छ। यहाँको पार्टीलाई मिलाउँदै हिँड्ने भइसक्यो।

भूराजनीतिले गर्दा चीनको नेपालप्रतिको चासो बढेको छ। चीनले अहिले बीआरआईमार्फत चासो राखेको देखिन्छ। अमेरिकाले पनि एमसीसीमार्फत नेपालमा आफ्नो चासो राखेको छ। सबैले आफ्नो मुलुकको स्वार्थ हुन्छ, ती स्वार्थलाई हामीले कसरी मिलाउँ छौं भन्ने कुरा नै महत्वपूर्ण हो।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण राजनीतिक हो
नेपाल भूषण चन्द पूर्वरथी

यसअघि रक्षामन्त्रीको हैसियमा ईश्वर पोखरल चीन भ्रमणमा जाँदा उहाँले आफ्नो समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिनु भएको थियो। चिनियाँ रक्षामन्त्री यसअघि नै नेपाल भ्रमणमा आउन खोजिरहनु भएको थियो, तर कोभिडका कारण आउन पाउनु भएको थिएन।

अब अहिले उहाँको भ्रमण तय हुँदा नेपालमा सत्तारुढ दल भित्रको किचलो उत्कर्षमा पुगेका बेला पर्न गयो। चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणलाई सामान्य रुपमा लिनुपर्छ।

नेपालले दक्षिण र उत्तरी छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ। हाम्रो भूराजनीतिक अवस्थाले गर्दा पनि हामीेले दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ। यो भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्छ।

अहिलेको विभिन्न समय परिस्थितिपछि चीनको नेपालप्रतिको चासो झन बढेको जस्तो देखिएका बेला यो भ्रमणलाई पनि मानिसहरुले त्यसरी लिने गरेका छन्। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण राजनीतिक भ्रमण हो।

नेपालले दक्षिण र उत्तरी छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ। हाम्रो भूराजनीतिक अवस्थाले गर्दा पनि हामीेले दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ। यो भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्छ।

भारतीय उच्च अधिकारीको भ्रमणपछि चिनियाँ रक्षामन्त्री नेपाल आउनु संयोग मात्रै होइन
गेजा शर्मा वाग्ले राजनीतिक विश्लेषक

विगत केही समयदेखि भारतीय उच्च अधिकारीले नेपाल भ्रमण गरिरहेका थिए। रअ प्रमुख, स्थल सेनाध्यक्ष नेपाल आएर गए भने विदेश सचिव नेपाल आउँदैछन्। त्यसपछि अब चिनियाँ रक्षामन्त्री आउँदैछन्। भारतीय उच्च अधिकारी नेपाल भ्रमणमा आएपछि चिनियाँ रक्षामन्त्री नेपाल आउनु संयोगमात्रै होइन होला।

सत्तारुढ दल नेकपाभित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले राष्ट्रपतिदेखि सत्तारुढ दलका उच्च नेतालाई भेटेर पार्टी एकताको पक्षमा चिनियाँ सन्देश भन्दै राजनीतिक सन्देश उच्च राजनीतिक तहमा पुर्याउँदै आएकी थिइन्।

अहिले आकस्मिक रुपमा रक्षामन्त्रीको आगमनले नेपालसँगको दीर्घ प्रतिरक्षाका साथ साथै अहिलेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको विषयलाई पनि ध्यानमा राखेर रक्षा मन्त्रीको भ्रमण तय भएको देखिन्छ।

अहिले आकस्मिक रुपमा रक्षामन्त्रीको आगमनले नेपालसँगको दीर्घ प्रतिरक्षाका साथ साथै अहिलेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको विषयलाई पनि ध्यानमा राखेर रक्षा मन्त्रीको भ्रमण तय भएको देखिन्छ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग सम्वाद हिनताको स्थितिलाई अन्त्य गर्दै संवाद सुरु भएको छ, यो सकारात्मक विषय हो। अब चिनियाँ रक्षामन्त्रीको भ्रमण पनि उच्चस्तरीय भ्रमण हो। यो उच्चस्तरीय भ्रमणलाई नेपालले सदुपयोग गर्न सक्छ। तर अहिले सरकारको ध्यान पनि यो भ्रमणलाई सदुपयोग गर्ने तिर छैन।

सरकारले खास गरी नेकपाभित्रको विवाद समाधान गर्नका लागि चिनियाँ सहयोग लिन खोजेको जस्तो देखिन्छ र चीनले पनि अरु कुटनीतिक प्रतिरक्षा र अरु विषय भन्दा पनि नेकपाको विवादको अन्त्य गरी पार्टी एकता प्रमुख प्राथमिकता भएको अहिलेको भ्रमण कुटनीति र प्रतिरक्षा र अन्य सुरक्षाका विषय राजनीतिक रुपमा ओझेलमा पर्ने देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *