कमेडियन भारती दम्पती जेलबाट छुटे

डिसी नेपाल
८ मंसिर २०७७ १५:०१

मुम्बइ। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया धरौटीमा छुटेका छन् । शनिबार पक्राउ परेका उनीहरुलाई हिजो अदालतले न्यायिक हिरासतमा पठाएको थियो । आज जमानतको निवेदनमाथि सुनुवाइपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको हो । उनीहरुले मुम्बइको किला कोर्टमा जमानतको लागि निवेदन दिएका थिए ।

शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारती र हर्षका ३ घरमा छापा मारेको थियो । यस क्रममा उनीहरुको घरमा गाँजा बरामद भएपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो । सुशान्त सिंह राजपुतको मृत्युपछि खुलेको बलिउडको ड्रग्सको जालोमा अहिलेसम्म दर्जनभन्दा बढी बलिउड सुपरस्टारहरु मुछिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *