नेकपा विवादः के गर्दै छ प्रचण्ड–माधव समूह ?

डिसी नेपाल
८ मंसिर २०७७ १९:१६

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवलाय बैठकका लागि केही दिनको तय भएको मंसिर १३ को दिन आउन अझै केही दिन बाँकी छन्। सो बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको प्रतिउत्तर प्रस्ताव ल्याउने बताएका छन्। त्यसैले पनि नेकपाको भविष्यका लागि १३ गतेको सचिवालय बैठक महत्वपूर्ण छ।

यही मंसिर ३ गते बसेको सचिवलाय बैठकले ओलीलाई प्रतिउत्तर पस्ताव तयारीका लागि भन्दै १० दिनको समय दिएको थियो।

यो १० दिनको समयलाई पार्टी भित्रको विवाद समाधानका लागि उपयोग गरिने नेकपा नेताहरुले बताए पनि सोमबारसम्म मेलमिलापको कुनै सहमति भइसकेको छैन। बरु विवादको डोरी झन तन्किँदै गएको देखिएको छ। यो अवधिमा महासचिब विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी मुख्यालय धुम्बाराहीमा प्रचण्डलाई भेटेर प्रस्ताव फिर्ता लिन आग्रह गर्दै ओलीको सन्देश सुनाएका थिए। तर, प्रचण्डले सकरात्मक जवाफ भने दिएका थिएनन्। त्यसयता ओली र प्रचण्डबीच कुनै दूत वा प्रत्यक्ष भेट भएको छैन। दुबै समूह आ आफ्ना निकटका नेताहरुसँगको छलफलमा केन्द्रित भइरहेका छन्।

प्रतिउत्तर प्रस्तावका लागि समय पाएका ओलीले त्यसको तयारी गरिरहेको बालुवाटार निकट स्रोतले बताएको छ। ओलीले ३ गते यता सोमबारसम्म तीनवटा रणनीति सँगसँगै चालेका छन्। प्रचण्डको प्रस्ताव फिर्ता गराउने, आफ्नो प्रस्ताव तयार पार्ने र काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विरोधीहरुलाई सन्देश दिने।

तीनवटा रणनीति सँगै चालेर ओलीले १३ गतेको बैठकका लागि आवश्यक तयारी गरेपछि प्रचण्ड–माधव समूह पनि आवश्यक रणनीति बनाउन आन्तरिक छलफल गरिरहेको छ। ओलीबाट निरन्तर प्रचण्डको प्रस्ताव फिर्ताका लागि सन्देश प्रचण्डसम्म पुर्याइए पनि प्रचण्डले सो प्रस्ताव फिर्ता नलिने बताइरहेका छन्। यहीबीच प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भएपछि नेकपा र काँग्रेस दुबै दल तरंगित बनेका छन्।

ओली–देउवा भेटपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्ड समूहका नेताहरुको सोमबार एक गोप्य भला भएको छ। ललितपुर सुनाकोठीस्थित डा निरज गोबिन्द श्रेष्ठको निवासमा सोमबार गोप्य भेला भएको हो।

सो भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु डा भीम बहादुर रावल , जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाल लगायतका सहभागी रहेको स्रोतले बताएको छ। यसअघि आइतबार प्रचण्डले गृहमन्त्री तथा सचिवलाय सदस्य रामबहादुर थापा बादलसँग पनि छलफल गरेर कित्ता क्लियर गर्न भनेको बताइएको छ। बादल पूर्व माओवादीका नेता भए पनि उनले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन्। सचिवलायमा रहेका ९ जना मध्य हाल प्रचण्ड–माधव समूहमा ५ जना छन्।

चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार र सुर्खेतको वीरेन्द्रनगरमा जबजबको ब्यानरमा कार्यकर्ता भेला तथा काँग्रेस सभापतिसँगको भेटका विषयमा छलफल भएको बताइएको छ। सोमबार सो भेला अघि डिसी नेपालसँगको कुराकानीमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नहुने बताएका थिए।

‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता नेपालले डिसी नेपालसँग भने, ‘अहिलेको समस्याको समाधान भनेको प्रधामन्त्री ओली सच्चिनुपर्छ।’ उनले प्रतिवेदन गलत भए आत्मलोचना गर्नुपर्ने र नचाहिने आरोप लगाएको भए कारवाही हुने उल्लेख गर्दै आरोप पत्रको सुरुवात प्रधानमन्त्री ओलीले गरेको दाबी गरे।

प्रचण्डले पेश गरेको प्रस्ताव प्रधानमन्त्री ओलीमाथि केन्द्रित छ। प्रस्तावमा प्रचण्डले ओलीलाई कम्युनिष्ट आचारण नभएको सामन्ती सोँच भएको व्यक्ति भएको भनी टिप्पणी गरेका छन्। त्यतिमात्र होइन ओलीलाई भ्रष्टचारीको संरक्षकसमेत भनेका छन्।

प्रचण्डको यो प्रस्तावजपछि आक्रोशित बनेका ओलीले मंसिर ३ गतेको बैठकमा प्रचण्डले लगाएका आरोप प्रमाािण्त भए आफू प्रधानमन्त्री र अध्यक्ष दुबै पदमा नबस्ने र आरोप प्रमाणित नभए आरोप लगाउनेले जिम्मा लिनुपर्ने बताएका थिए। उनले अब आफू सहने अवस्थामा नहरको भन्दै यो विषयमा छिनोफानो गर्ने आवश्यक परे अल्पमत र बहुमतमा पनि जान तयार रहेको बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *