‘पार्टी विभाजन हुँदैन, प्रधानमन्त्री सच्चिनुपर्छ’

डिसी नेपाल
९ मंसिर २०७७ ८:१३
128
Shares

काठमाडौं। अहिले सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेको प्रमथ अध्यक्ष केपी ओलीलाई विभिन्न अरोप लगाएर सविचलायमा प्रतिवेदन दर्ता गराएपछि विवादले उग्र रुप लिएको छ।

दोस्रो तहका नेताहरु पार्टीभित्रको मिलाउन सक्रिय छन्। तर ठोस परिणाम आइसकेको छैन। नेकपाको सचिवालय बैठक १३ गते बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपको लिखित जवाफ दिने भएका छन्।

दुई अध्यक्ष आरोप प्रत्यारोपमा पुगेका बेला पार्टीको विवाद तल्लो तहसम्म पुगेको छ। जसले गर्दा पार्टी विभाजन हुने खतरा रहेको नेताहरुले बताउने गरेको छ।

विवाद समाधानका लागि ओली पक्षले प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् भने प्रचण्ड–माधव नेपाल समूहले भने ओली सच्चिनुपर्ने अडान राखेका छन्।

प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता माधव नेपालले कुनै पनि हालतमा पार्टी विभाजन नहुने र विवाद समाधानका लागि प्रधानमन्त्री ओली सच्चिनु पर्ने बताएका हुन्।

‘उहाँमा ‘बा’ संस्कृति विकास भएको छ। व्यक्तिवाद र अहंकारले घर गरेको छ,’ वरिष्ठ नेता नेपालले डिसी नेपालसँग भने, ‘उहाँले आफूलाई सच्याउनु पर्छ र विधि र प्रक्रियाबाट पार्टीलाई सञ्चालन गर्नुपर्छ। त्यसो हुँदा पार्टभित्रका तमाम विवाद समाधान भएर जान्छन्।’

ओली पक्षले भनेजस्तो प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन फिर्ता नहुने र त्यही प्रतिवेदनको आधारमा पार्टी विभाजनतर्फ लैजान भने नदिने नेता नेपालको भनाइ छ।  प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सबैको सहमतिमा नै दर्ता भएको हो भन्ने विषयमा भने नेता नेपालले केही पनि बताउन चाहेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *