स्वासप्रस्वासमा समस्या भएपछि मन्त्री लामालाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

डिसी नेपाल
९ मंसिर २०७७ १९:०७

वाग्मती । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

कोरोना सङ्क्रमणका करण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए ।

सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सचिवालयले जनाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *