कागेश्वरी मनहरामा सहकारीको २० लाख चोरी

डिसी नेपाल
९ मंसिर २०७७ १९:५३

काठमाडौं । कागेश्वरी मनहरामा एक सहकारीको नगद बीस लाख चोरी भएको छ ।

कागेश्वरी मनहरानगरपालिका ७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको हो ।

चोरीमा संलग्न फरार रहेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *