पूर्व एमालेहरु एकै ठाउँमा आउँछन्, पार्टी फुट्दैन : डा.उपाध्याय

डिसी नेपाल
१० मंसिर २०७७ ६:२९

जर्मनी। युरोपमा बसोबास गरिरहेका राजनीतिक विश्लेषक डा.कृष्ण उपाध्यायले पार्टी नफुट्ने र अन्तरिक विवादका क्रममा पूर्वएमालेहरु एकै ठाउँमा आउने विश्लेषण गरेका छन्। उनले नेकपामा देखिएको विवादले पार्टी झन् मजबुद र एक ढिक्का बन्ने बाटोमा अघि बढेको दावी पनि गरेका छन्।

डिसी नेपालको पाक्षिक कार्यक्रम प्रवास बाणीमा पत्रकार दीपक धितालसँग कुरा गर्दै डा.उपाध्यायले गत चुनावको बेलामा बनाएको माओवादी केन्द्र र एमालेको मोर्चा अझै पनि व्यवहारत मोर्चाकै रुपमा रहेकोले अब भने पार्टीमा रुपान्तरण हुने बहस शुरु भएको बताए।

बिना सैद्धान्तिक बहस र पार्टी एकताका लागि चाहिने आधारभुत मूल्य मान्यता समेत छिनोफानो नगरी केवल एकता घोषणाका लागि मात्रै नेकपा घोषणा गरिएकाले अहिले विवाद देखापरेकोे उनको भनाइ छ।

अहिले सरकार र पार्टी सञ्चालनको असन्तुष्टिमा नेताहरु दुईपक्षमा बाँडिए पनि पूर्व एमालेका नेताहरु सिद्धान्तत अन्त्यमा एक ठाउँमा आउने उनको दावी छ। प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओली र अहिले असन्तुष्ट समुहमा प्रचण्डलाई साथ दिएका बरिष्ठ नेता माधवकुमार नेपाल दुबैजना अन्तत जनताको बहुदलीय जनबादका कारण फुट्न नसक्ने डा.उपाध्यायको टिप्पणी थियो।

नेकपा नेता नेपालले अहिलेसम्म आफ्नो राजनीतिक जीवनमा सधैं एकता र जोड्ने काममात्र गर्दै आएकाले अहिले पनि जारी विवाद पन्छाएर मजबुत र बलियो पार्टी बनाउन उनी फेरि एकपटक एकताको तन्तुका रुपमा उदाउने डा.उपाध्यायको विश्वास छ।

डा. उपाध्यायसँगको वार्तालापको भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *