शिवपुरी आधारभूत अस्पतालमा एमबिबिएस सेवा सुरू

डिसी नेपाल
१० मंसिर २०७७ ८:४७
60
Shares

नुवाकाेट । नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको शिवपुरी आधारभुत अस्पतालमा एमबिबिएस डाक्टरसहितको सेवा शुरु भएको छ।

मंगलवार एक कार्यक्रमको आयोजना गरि अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीले जानकारी दिइन्।

शिवपुरी अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु भएपछि गाउँपालिकबासीलाई उपचारको लागि त्रिशुली अथवा काठमाण्डौ जानुपर्ने बाध्यता हटेको उनले बताइन्।

अस्पताललाई छिट्टै १० बेडको बनाउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। उनले गाउँमै डाक्टर सेवा शुरु भएसँगै गाउँपालिकाबासीको समय र पैसाको बचत हुने बताए।

यसअघि गाउँपालिकाको अस्पतालमा डाक्टर नहुँदा सामान्य विरामी पनि उपचारको लागि जिल्ला अस्पताल त्रिशुली वा देशको राजधानी काठमाण्डौ धाउनुपर्ने बाध्यता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *