नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यसमिति विघटनको माग गर्दै सर्वोच्चमा रिट

डिसी नेपाल
१० मंसिर २०७७ १५:४५

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ, २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान केन्द्रीय कार्यसमिति नै अवैधानिक भएको भन्दै तत्काल विघटन गरी तदर्थ समिति गठनको माग गरेका छन्। अध्यक्ष साहले मंगलबार मात्रै महासंघको अवैधानिक बाटोतर्फ अघि बढेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

आज (बुधबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्रिय निर्देशक ऐनअन्तर्गत दर्ता भएको संस्था हो। ऐनले के भन्छ भने यसअघिको कार्यसमितिको कार्यकाल चैत्रमै सकियो। चैत्रमै महाधिवेशन हुनुपर्दथ्यो। सो अनुसार गत चैत्र २८ गते नै नयाँ कार्यसमिति आउनुपर्ने हो, तर आएन। त्यो बेलादेखि अहिलेसम्म महासंघ अवैधानिक तवरले हिँडिरहेको छ। अहिलेको सम्पूर्ण क्रियाकलाप अवैधानिक छन्।’

महासंघको विधानले नै प्रष्ट रुपमा महासंघको निर्वाचनभन्दा पहिले प्रदेश उद्योग वाणिज्य महासंघहरुको निर्वाचन हुुनुपर्ने लेखेको उल्लेख गर्दै उनले भने,‘विधानअनुसार काम अहिलेसम्म भएको छैन। विश्वव्यापी मान्यता छ कि मतदाताहरुको आर्थिक वर्षको नविकरण हुनुपर्छ। अहिलेको निर्वाचन २०७७ अषाढ मसान्तभित्र नविकरण हुनुपर्ने हो। तर, उनीहरुले २०७६ को असान्त मसान्तभित्रको नविकरणले यो निर्वाचनमा भाग लिएका छन् । यो गलत हो।’

कतिपय संस्थाहरुको दर्ता समाप्त भैसककेका र कतिपय एक अर्कामा गाभिएको अवस्था सुनाउँदै उनले अहिलेको निर्वाचनमा पुरानै संस्थाबाट पनि मतदाता बनाईएको गुनासो पोखे। उनले भने,‘मर्जरमा गएकाहरुको पनि बेग्लाबेग्लै अवस्थामा मतदाता भएका छन्। एक जनाले सय जनाको मतदान गर्ने अधिकार (प्रोक्सी) लिएर बसेका छन्। जुन कुरा विधानमा समावेश नै गरिएको छैन। यो गलत कुरा हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *