नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

डिसी नेपाल
१० मंसिर २०७७ १६:२७
68
Shares

काठमाडौं। नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चण्डोलबाट पक्राउ गरेको हो।

सीआईबी प्रमुख डीआईजी सहकुल थापाले उनलाई इन्जिनियरिङ कलेज चाँगुनारायणमा ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए।

न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अदालतमा पनि मुद्दा विचराधीन छ ।

नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए।

दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए। न्यौपानेको नाममा ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *