१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

डिसी नेपाल
१० मंसिर २०७७ १७:१३

दोलखा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका ७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

दङ्गालले ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *