आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
१० मंसिर २०७७ २०:४८

काठमाडौं। सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारबसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

“निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ”, बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, “कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।”

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ।

यसैबीच बुधबारको मन्त्रिपरिषदले दुईजना सहसचिबलाई सचिवमा बढुवासमेत गरेको छ। योगेन्द्रसिंह कार्की र गोकर्णमणि दुवाडीलाई सचिवमा बढुवा गरिएको हो। दुवाडी गत चैतदेखि सचिव बढुवाका लागि सिफारिस हुँदै आए पनि सरकारले उनलाई बढुवा गरेको थिएन। अन्तत? उनलाई सचिवमा बढुवा गरिएको हो। (राससमा इनपुट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *