सगरमाथाको नयाँ उचाइँ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

डिसी नेपाल
१० मंसिर २०७७ २१:१६
48
Shares

काठमाडौं। विश्वकै अग्लो हिमाल सगरमाथाको नयाँ उचाईँ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई नयाँ उचाईँ घोषणा गर्न स्वीकृति दिएको हो।

अब चीन र नेपालले सँयुक्त रुपमा सगरमाथाको पछिल्लो पटक मापन गरिएको नयाँ उचाईँ घोषणा गर्ने छन्। नापी विभागले गत वर्ष नै सगरमाथाको उचाईँ लिइसकेको छ। तर, उचाईँ घोषणा भने गरिएको छैन।

२०७२ को गोरखा भूकम्पपछि सगरमाथाको उचाईँमा परिवर्तन भएको हुन सक्ने भन्दै नापी विभागले सगरमाथाको उचाईँ नापेको हो। सो परियोजनामा संलग्न एक सर्भेयरले उचाईँ बढेको बताएका छन्। तर, उनले कति बढ्यो भन्ने खुलाएनन्।

हाल सगरमाथाको उचाईँ ८८४८ मिटर मानिँदै आइएको छ। तर, गोरखा भूकम्पपछि यो उचाईँमा परवर्तन आएको छ। सगरमाथा आरोहण नेपाल र चीन दुबैतर्फबाट हुँदै आएको छ। सगरमाथाको उत्तरपट्टी भूभाग चिनियाँ हो भने दक्षिणी भाग नेपालको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *