नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

डिसी नेपाल
१० मंसिर २०७७ २३:५२

भक्तपुर । चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालीन अध्यक्ष रामेछाप मन्थली नगरपालिका–८ घर भई काठमाडौंँ चण्डोलमा बस्दै आएका लम्बोदर न्यौपानेलाई प्रहरीले आज पक्राउ गरेको छ ।

कलेज सञ्चालनमा आर्थिक अनियमितता गरेको अभियोग लागेपछि फरार न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो ।

कलेजमा भएको आर्थिक अनियमितताबाट रु २३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको र न्यौपानेका नाममा मात्रै रु तीन करोड ७१ लाख ५३ हजार ६५० बेरूजु रही ठगी गरेको अभियोग लाग्दै आएको थियो ।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई रु ७८ लाख घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो । अभियुक्त न्यौपानेसहित पाँच जनाविरूद्ध ठगी मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *