समायोजन भएर पनि हाजिर हुन नपाएका कर्मचारीलाई तलवभत्ता दिने मन्त्रिपरिषद्को निर्णय

डिसी नेपाल
११ मंसिर २०७७ ०:२५
8
Shares

काठमाडौं। समायोजन भएर पनि सम्बन्धित कार्यालयमा हाजिर हुन नपाएका सरकारी कर्मचारीले रोकिएको तलवभत्ता पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तलवभत्ता निकासा गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले समायोजन भएर सम्बन्धित कार्यालयमा हाजिर हुन नपाई तलब खान नपाएका कर्मचारीहरुका लागि तलब भत्ता निकासा गर्ने निर्णय गरिएको हो।

देश संघीयतामा गएसँगै निजामती कर्मचारीहरुको पनि तीन तहमा समायोजन गरिएको थियो। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गरिएको छ। तर, केही स्थानीय तथा तथा प्रदेशहरुमा समायोजन भएका कर्मचारीहरुले हाजिर गर्न पाएका थिएनन्। हाजिर हुन नपाएका कर्मचारीहरुले लामो समयदेखि तलवभत्तासमेत पाएका थिएनन्। बुधबारको सरकारको निर्णयसँगै उनीहरुले तलवभत्ता पाउने भएका हुन्।

यस्तै बुधबार बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाको लेखा महासेनानी गणेससिंह भण्डारीलाई लेखा सहायकरथीमा बढुवा गरेको छ। यस्तै लेखा प्रमुख सेनानी रामबहादुर अर्याललाई लेखा महासेनानीमा बढुवा तथा पदस्थापन गरेको छ।

यस्तै बुधबारको मन्त्रिपरिषद्ले बुढिगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना ईकाईको समयावधि थपेको छ। यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधन गरी विदेशी लगानीलाई आकर्षित गर्ने निर्णयसमेत गरेको छ। यस्तै सरकारले कसुरजन्य सम्पत्ति तथा साधन सम्बन्धी नियामवलीलाई स्वीकृत गरेको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *