पाल्पामा २ वर्षीय बालकको कुलोमा डुबेर मृत्यू

डिसी नेपाल
११ मंसिर २०७७ २१:३६

 

पाल्पा । पाल्पा रामपुर नगरपालिका ३ रजघराका दामोदर देवकोटाको २ वर्षे छोरा बोधराज देवकोटाको कुलोमा डुबेर आज(बिहिबार)साँझ मृत्यू भएको छ ।

बालक आफ्नै घर आगनमा खेल्ने क्रममा घर आगाडी रहेको कुलोमा खसि डुबिरहेको अवस्थामा उनका हजुरबुवाले घाइते अवस्थामा भेटेका थिए । बालकलाई तत्काल निकालेर उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएकोमा डाक्टरद्वारा मृत्यु घोषणगरेका छन् ।

बालकको शव अहिले रामपुर अस्पताल पाल्पामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *